Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, जेठ ।
एकपछि अर्को गर्दै आतंकवादी निशानामा पर्दै आएको बेलायतको लण्डनमा शनिबार राति गराइएको आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जना मारिएका थिए भने ४८ जना घाइते भएका छन् । घाइतेमध्ये ३६ जनाको उपचार भइरहेको छ । जसमा २१ जनाको अवस्था गम्भीर रहेको लण्डन प्रहरीले जनाएको छ ।
तीब्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिँदै भ्यानमा आएका व्यक्तिले प्रहरी र सर्वसाधारणमाथि अन्धाधुन्द छुरा प्रहार गर्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि प्रहरीले गरेको कारवाहीमा आक्रमणकारी मारिएका हुन् ।
प्रहरीले ५० राउण्ड गोली चलाएको जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply