एजेन्सी, असार ।
पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ । बुधबार राति सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो ।
पाकिस्तानका अजहर अलीले ७६ र फखर जमानले ५७ रन बनाए । यस्तै बाबर आजमले नटआउट ३८ तथा मोहम्मद हाफिजले नटआउट ३१ रन बनाए । यसअघि कार्डिफमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड २ सय ११ रनमा अलआउट भएको थियो ।
पाकिस्तानका हसन अलीले तीन विकेट लिएको खेलमा इंग्ल्याण्डका जोए रुटले सबैभन्दा धेरै ४६ रन बनाए । पाकिस्तानको जितसँगै च्याम्पियन्स ट्रफीको उपाधि दक्षिण एसियामा आउने निश्चित भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा बिहीबार भारत र बंगलादेश खेल्दैछन् । दिउँसो सवा ३ बजेपछि सुरु हुने खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ ।
0 Comments