Ticker

6/recent/ticker-posts

पुर्व प्रधानमन्त्री नेपालद्वारा अध्यक्ष शाह सम्मानित

काठमाडौं, २२ जेठ ।  ट्रिटन इन्टरनेशनल स्कूल÷कलेज सुविधानगर तिनकुनेका कार्यकारी अध्यक्ष एवम् सफल व्यवसायी विश्वनाथ प्रसाद शाहलाई पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक समारोहका वीच सम्मान गरेका छन् । 

अध्यक्ष शाहलाई नेपाल सरकारले नवौं गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते ‘जनसेवाश्री विभूषण’ द्वारा विभूषित गर्ने निर्णय गरेको थियो । नेपाल सरकारलाई धेरै कर तिरेवापत व्यवसायी शाहलाई यसअघि पनि सरकारले पटकपटक विभिन्न पुरस्कार र सम्मान प्रदान गरिसकेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं ३२ का नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान गर्न ट्रिटन योग समिति, ट्रिटन इंगलिस सेकेण्डरी स्कुल र एकिकृत उपभोक्ता संघ सुिवधानगरद्वारा संयुक्तरुपमा आयोजित एक कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपालले अध्यक्ष साहलाई दोसल्ला र ताम्रपत्रबाट सम्मान गरेका थिए ।

कार्यक्रममा नेता नेपालले नवनिर्वाचित वडाध्यक्ष नवराज पराजुली र सदस्यहरु राजेन्द्र न्यौपाने, हिरादेवी पोखरेल, सरीता दाहाल र सीता बिसुंकेलाई पनि सम्मान तथा वधाई दिए ।

सो अवसरमा नेता नेपाल, पुर्वमन्त्री अग्नी खरेल, नवनिर्वाचित वडाध्यक्ष नवराज पराजुली, कार्यकारी अध्यक्ष शाह, पतञ्जली योग समितिका अञ्चल प्रभारी नरेन्द्र खतिवडा, ट्रिटन इंगलिस सेकेण्डरी स्कुलका नर्देशक राजन सुवेदी, एकिकृत उपभोक्ता संघका अध्यक्ष मदन शिवाकोटी,संघकी सचिव हीरा थापा मगर,नेपाली काँग्रेसका ३२ नं वडाका अध्यक्षका प्रत्याशी कृष्णबहादुर केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा ट्रिटन इंगलिस सेकेण्डरी स्कुलका संगीत र नृत्य क्लवका विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । 

Post a Comment

0 Comments