काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अबको प्रधानमन्त्री बन्ने पक्का भएकाे छ ।संसदको सदस्य संख्या ५९३ छ । सामान्य बहुमतका आधारमा प्रधानमन्त्री चयन हुनाले प्रधानमन्त्री बन्न देउवालाई २९७ सांसदको समर्थन चाहिन्छ ।
प्रधानमन्त्रीको उम्मेदवार देउवा सभापति रहेको कांग्रेससँग २०६ सांसद छ । नेकपा माओवादी केन्द्रसँग ८१ सांसद छ भने फोरम लोकतान्त्रिकसँग १६ सांसद छ । तीन सांसद भएको नेकपा संयुक्तसँगै एक–एक सांसद भएको अखण्ड नेपाल पार्टी र समाजवादी जनता दलले पनि समर्थन गरेका छन् । यो जोड्दा ३०८ हुन्छ ।
अन्य साना दलहरुको समर्थन पनि रहेको र देउवाको पक्षमा ३११ पुगिसकेको कांग्रेस नेता विमलेन्द्र निधिले बताए । देउवाको उम्मेदवारी दर्तापछि उनले भने, ‘देउवा प्रधानमन्त्री बन्ने पक्का छ । अब औपचारिक मात्र बाँकी हो ।’
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्तावक तथा कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक छन् ।

0 Comments