काठमाडौं, जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणको स्थानीय तहको चुनावमा नेपाली कांग्रेस सशक्त हुने बताउनुभएको छ । उहाँले कांग्रेसलाई बहुमतले जिताउन आम नेता तथा कार्यकर्ताहरु सक्रिय रुपमा चुनावी अभियानमा होमिसकेको बताउनुभएको छ ।
निर्वाचनका बेला सबै आकांक्षीहरूले टिकट पाउने अवस्था नहुनेभन्दै पार्टीले जिम्मेवारी दिएको उम्मेदवारलाई विजयी गराउने दायित्व सबैको रहनुपर्नेमा सुझाएका छन् । काठमाडौंमा शनिबार भएको कार्यक्रममा नेता सिंहले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन भूमिका खेलेका नेता तथा कार्यकर्ताहरूलाई धन्यावाद दिए । ‘टिकटका लागि धेरै साथीहरूको आकांक्ष हुन्छ’, उनले भने, ‘सबैलाई टिकट दिन सकिँदैन । तर, पार्टीले विश्वास गरेको व्यक्तिलाई जिताउने दायित्व तराई हाम्रो सबैको हो ।’
दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणको काम भइरहेको बेला नेता सिंहले भने, ‘हामी छलफलमा छौँ । जित्ने नेतालाई टिकट दिनुपर्ने हाम्रो दायित्व हामीमा छ । पार्टीमा पु¥याएको योगदानको गदर गर्छौ र भएको पनि छ ।’ नेपाली कांग्रेसले केही विवाद सिर्जना भएका ठाउँ बाहेक सबै ठाउँको उम्मेदवारी टुंगो लगाइसकेको छ ।
0 Comments