रुपन्देही, जेठ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमाका लागि उम्मेदवार चयनको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ । केही स्थानमा उम्मेदवार चयनका विषयमा समस्या देखिए पनि शनिबार सम्म उम्मेदवारी चयन प्रक्रिया पूरा गरिसक्ने जनाइएको छ । विहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यसैबीच दोस्रो चरणको चुनाव हुने क्षेत्रमध्ये सर्वाधिक चासोका रुपमा रहेकाे एक क्षेत्र बुटवल उपमहानगरमा कांग्रेसका तर्फबाट मेयरका लागि खेलराज पाण्डे चुनावी मैदानमा उत्रिसकेका छन् । मेयरमा उम्मेदवारी निश्चित बनेसँगै पाण्डेय अहिले थप चर्चामा छन् । उनले उनले बुटवललाइ आधुनिक शहर बनाउने कांग्रेसको परिकल्पना साकार पार्ने भन्दै आफ्ना चुनावी एजेण्डा स्थानीयबीच बाड्न व्यस्त छन् ।
उनले बुटवलमा सबै दलले ‘भोट बैंक’को रुपमा प्रयोग गरिरहेका सुकुम्बासीलाइ अब कसैको भोट बैंक बन्न नदिने र उनीहरुको समस्या लालपूर्जा सहित ब्यबस्थित बसोबास गराउने प्रतिबद्धता जनाएका छन् । उनले भने–‘ मलाई टिकट दिएर पार्टीले न्याय गरेको छ, अब जनताले पनि न्याय गर्छन् ।’
उनले थपे– ‘ यस उपमहानगरका हरेक गल्ली तथा चोकचोकमा हिडेरै नागरिकका दुख सुखमा साथ दिन्छु, चर्को भाषणवाजीभन्दा पनि काम गरेर देखाउँछु, यो मेरो प्रतिवद्धता हो ।’ विद्यार्थी राजनीति हुँदै केन्द्रीय राजनीतिमा होमिएका पाण्डेले २०३९ सालबाट राजनीतिक यात्रा थालेका हुन् ।
0 Comments