Ticker

6/recent/ticker-posts

अपाङ्गमैत्री भवन बनाउने ३२ वडाका पदाधिकारीको प्रतिवद्धता

काठमाडौं, १८ जेठ ।  गत जेठ ३१ गते सम्पन्न पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचन मत परिणाम घोषणासंगै निर्वाचित भएका काठमाण्डौ महानगरपालिकाका प्रमुख र उपप्रमुख सहित ३२ वटै वडाका वडाध्यक्ष र सदस्यहरुले बुधबारदेखि पद तथा गोपनियताको शपथ खानुका साथै वडामा गएर पदवहाली गरेका छन् ।
यसैक्रममा वडा नं ३२ का वडा अध्यक्ष नवराज पराजुली, सदस्यहरु राजेन्द्र न्यौपाने, हिरादेवी पाखरेल, सरीता दाहाल र सीता विसुंखेले कोटेश्वर जडिबुटीस्थित पाल्पाकोट वडा कार्यालयमा गएर आआफ्नो पदवहाली गरेका थिए ।
पदवहालीसंगै बसेको वडा कार्यालयको पहलो वैठकले वडामा सार्वजनिक जग्गा खोजेर अपाङ्गमैत्री नयाँ वडा कार्यालय भवन बनाउने निर्णय गरेको नवनिर्वाचित वडाध्यक्ष नवराज पराजुलीले बताए । हालको वडा कार्यालय अत्यन्तै साँघुरो रहेकोले तत्कलै नयाँ वडा कार्यालय बनाउनु आवश्यक भईसकेको छ ।
यसैगरी वडामा समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापन गरी प्रदुषण हटाउने, ट्राफिक व्यवस्थापन गर्नुको साथै वडा कार्यालय नजिकको सडकलाई तत्कालै कालोपत्रे गरिने पनि बताए । वडामा खानेपानीको समस्या पनि रहेकोले यसको समाधानको लागि नयाँ पदाधिकारी लाग्ने बताएका छन् ।

Post a Comment

0 Comments