Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

‘सरकारलाई सहयोग गर्न संस्था तयार’ :अध्यक्ष प्रधान
बलराम प्यासी 
काठमाडौं । काठमाडौं महानगर-पालिकाको कालिमाटी क्षेत्रमा दिनप्रतिदिन अनियन्त्रित रुपमा बस्ती विस्तार भई जनघनत्व बढेका कारण सो क्षेत्रका वासिन्दाले त्यस भेगमा छुट्टै १०० शैय्याको जनरल अस्पताल बनाउनुपर्ने सरकारसंग माग गरेका छन् ।

बिरामी हुँदा उपचारका लागि जाने नजिक, सुलभ र स्तरीय अस्पताल नभएको बताउँदै उनीहरुले सरकारसंग अस्पतालको माग गरेका हुन । सो क्षेत्र काठमाडौं महानगरको १३ र १४ वडा पर्छ र त्यहाँ करीव डेढ लाख जनताको बसोबास छ ।

कालिमाटी र आसपासका रविभवन, छाउनी, टंकेश्वर, ताहाचल, टेकु, बल्खु, कलंकी चक्रपथ क्षेत्रका वासिन्दालाई समेटने गरि तत्कालै १०० शैय्याको जनरल अस्पताल बनाउन आवश्यक भईसकेको कालिमाटीका स्थानीय उत्तम मानन्धरले बताए । 

‘हामी कालिमाटीका स्थानीय वासिन्दा यहाँ १०० शैय्याको एउटा सरकारी अस्पताल आवश्यक भईसकेको छ भनेर काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयसंग जोडदार माग गरिरहेका छौं’—उनले भने—‘यसको लागि टोलवासी र दुबै वडाका वासिन्दाको संयुक्त हस्ताक्षर संकलन गर्दैछौं ।’

त्यसो त ‘कालिमाटी चेष्ट अस्पताल’लाई नै समयसापेक्ष जनरल अस्पतालको रुपमा रुपान्तरण गर्नुपर्ने स्थानीय वासिन्दाको माग छ । सो अस्पताल नेपाल क्षयरोग निवारण संस्थाद्धारा २०२३ सालदेखि क्षरोगका विरामीलाई मात्रै वहिरंग उपचार सेवा दिँदै आएको एकमात्र २५ शैय्याको अस्पताल हो । त्यहाँ अरु रोग लागेका विरामीको उपचार हुँदैन । 

व्यस्त वस्तीको विचमा चेष्ट  (छातीरोग÷क्षयरोग) अस्पताल हुँदा स्वासप्रस्वासबाट सर्ने क्षयरोग अत्यन्तै जोखिमयुक्त मानिन्छ र क्षयरोगीका विरामीलाई व्यस्त वस्तीबाट टाढा र खुल्ला ठाउँमा राखी उपचार गर्नुपर्ने कालिमाटीका वासिन्दाको माग पनि बढीरहेको छ । 

गैरसरकारी संस्था नेपाल क्षयरोग निवारण संस्थाको स्वामित्वमा रहेको सो अस्पतालले कालिमाटीको व्यस्त बस्तीविचमा १६ रोपनी जग्गा ओगटेको छ । ८ रोपनी जग्गा संस्थाले काठमाडौं इन्जिनियरिङ्ग कलेजलाई ३० वर्षका लागि भाडामा दिएको छ भने ८ रोपनी जग्गामा २५ शैय्याको कालिमाटी चेष्ट अस्पताल, जर्मन नेपाल क्षयरोग नियन्त्रण आयोजना (जेनेटप) को कार्यालय, प्रयोगशाला र नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय कार्यालय भवन छ भने आधा जग्गा अझैपनि खाली रहेको छ ।

संस्थालाई आत्मनिर्भर बनाउन काठमाडौ इन्जिनियरिङ्ग कलेजलाई ८ रोपनी जग्गा भाडामा दिएको १८ वर्ष भईसकेको छ । अर्काे १२ वर्षपछि कलेजको ५ तल्ले सो भवन र अन्य साना भवनहरु स्वतः संस्थाको स्वामित्वमा आउँछ । जहाँ पछि अस्पतालको सेवा विस्तार गर्न सकिन्छ । 

स्थानीय वासिन्दाका अनुसार ‘कालिमाटी चेष्ट अस्पताल’लाई रुपान्तरण गरेर तत्कालका लागि ५० शैय्याको ‘कालिमाटी जनरल अस्पताल’ बनाउने र त्यसभेगका वासिन्दाको उपचार शुरु गरि कम्तिमा पनि वीर अस्पतालमा जाने कालिमाटीका विरामीको चाप घटाउन सकिने मानन्धर बताउँछन । ८ रोपनी जग्गामा पछि शैय्या विस्तार गरि १०० शैय्या पुर्याउन सकिने उनी बताउँछन ।

यसबारेमा ‘कालिमाटी चेष्ट अस्पताल’ सञ्चालन गर्दै आएको नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्र बहादुर प्रधान सो अस्पतालमा उपचाररत साधारण क्षयरोग र वहुऔषधि प्रतिरोधि क्षयरोग (एमडिआर टिबि) का विरामीलाई सरकारले यथोचित वैकल्पिक व्यवस्था गरि उनीहरुको औषधि उपचारमा सहयोग गर्छ भने संस्था स्थानीय जनताको माग पुरा गर्न तयार रहेको बताए । 

‘संस्थाको उद्धेश्य क्षयरोगीको उपचारसंग जोडिएकोेले सरकार या काठमाडौं महानगरपालिकाले यहाँ उपचार गराईरहेका क्षयरोगका विरामीको जिम्मा लिन्छ भने हामी यहाँ जनरल अस्पतालमा रुपान्तरण गर्न तयार छौं’— अध्यक्ष प्रधानले भने—‘१०० शैय्याको अस्पताल बनाउन सरकार या महानगरपालिकाको आर्थिक सहयोग विना संभव छैन ।’

संस्थाले जर्मनीे दातृसंस्था ‘क्युराटोरियम टयुबरकुलोसिस’को १४ करोड रुपैयाँको आर्थिक सहयोगमा संस्थाको खालीजग्गामा ४ तल्ले वहुउद्धेश्यीय भवन बनाउने तयारी गरिरहेको छ । ‘हामी नयाँ भवन बनाउने तयारीमा जुट्न थालेका थियौं’—अध्यक्ष प्रधानले भने—‘सरकारले यहाँ नयाँ अस्पताल बनाउन पहल गर्छ भने हाम्रो तर्फबाट सहयोग गर्न तयार छौं ।’ 

स्वास्थ्य मन्त्रालयले कालिमाटी चेष्ट अस्पतालमा क्षयरोगी र वहुऔषधि प्रतिरोधी क्षयरोगीको उपचारका लागि भनेर वार्षिक ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । 

क्षयरोगका विरामीको लागि उपचार गर्दै आएको नेपालकै पुरानो सरकारी निकाय ‘टोखा स्यानीटोरियम’ २०२६ सालमा बन्द भएदेखि त्यहाँका विरामीलाई पनि कालिमाटी चेष्ट अस्पतालमा ल्याएर उपचार शुरु गरिएको थियोे । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply