Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

- वसन्तप्रकाश उपाध्याय
कांग्रेसको सानेपा कार्यालय ‘पूर्व’ फर्केको छ । राजपाको बबरमहल अफिसमा पश्चिमी ढोका छ ।

 नयाँ शक्तिको कार्यालय देखेको छैन, त्यसैले उत्तर फर्केको छ कि दक्षिण छ ? पत्तो छैन । यसरी दलहरुका प्रवेशद्वार भिन्न–भिन्न दिश र दशा उन्मुख छन् । र, यसैले कुरो बिग्रेको छ ।

हिजो भारतीय क्रिकेट टिमले ‘मिलेर’ खेले । र, दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश ग¥यो । हामीले मिलेर एकदिनमै ‘ऐन’ संशोधन गर्न भ्यायौं । दिन थिए अझै केही मिल्नका लागि । तर नमिल्दा आक्रोश र आन्दोलनका ‘विज्ञप्ति’ जारी गरियो ।

एकताका देश र मधेशमा विभेद थिएन । देशमा मधेश प्रतिनिधित्वको सवाल जब तेज बन्यो, त्यहीबाट बग्रेल्ती महत्वाकांक्षाको ‘लू’ चल्न र देखिन थाल्यो । पार्टी तिनै हुन्– कांग्रेसदेखि एमाले र अन्य के–के । तिनै पार्टीका नामबाट जन्मिएका हुन्– विजय गच्छदार, शरदसिंह भण्डारी, महन्थ ठाकुर र लालबाबुहरु ।

उनीहरुलाई अवसरको ‘वैलगाडा’देखि ‘महसूर–चिनारी’ पार्टीहरुले दिएको हो । कैयौं पात्र र प्रवृत्ति छन् अहिले पनि गच्छदार सरहका । उनीहरु ‘मेयर’का लागि हारगुहार गरिरहेका छन् । यता महन्थहरु ठूला कुरा गर्दै मधेशका नाममा देशमाथि आक्रोश पोख्ने अवस्थामा पुगेका छन् ।

मधेशसँगै गाँसिन चाहेकै छन् देउवा, ओली, माधवदेखि प्रचण्ड समेतले । कैलाली रौतहट र सर्लाही मोहमा कहाँ उनीहरु ‘पहाडे’ कुरामात्रै गरेका छन् र ! हो, अलि बढी खेदियो उनीहरुलाई मधेशले । यसरी खेदाइमा भाग्दै गरेका विरालो शैलीमा ओली माड’सापले अलि बढी घाँटी समाए मधेशको । त्यसैले यसमा बढी आक्रोश हुनु स्वभाविक हो । 

धेरै तह र तत्वले अलि बढी खेदेको छ तराईलाई । यो विर्सन हुँदैन हामीले । सरकार ‘संख्या’ थप्न तयार हुन्छ । अदालतले त्यसलाई रोक्छ । सत्ता उदार दृष्टिकोण राख्छ प्रतिपक्षी उनीहरुलाई ‘ढिम्कन’ दिँदैन । ठ्याक्कै पार्टी पत्रकारिताले ठाउँमा पुगेपछि पार्टी विर्सनुपर्छ भनिए झैँ मधेश विर्सेर देशका कुरा गर्छन् पत्रकारहरु । श्रीमानहरु अवकाश हुनासाथ ‘न्यायिक’ कुरा गरेर चर्चामा आउन चाहन्छन् । यहाँ पद र प्रतिष्ठामा हुँदा कसैले पनि मधेशको गर्मी स्वीकार्न चाहेको देखिएको छैन ।

यता, नपाएको कुन चाहिँ पद र पगरी छ भावरवादीहरुले । रामवरण–परमानन्द संस्करण मात्रै होइन राजकिशोरको ‘जुँगा’ र राजेन्द्र महतोको ‘दाह्री’लाई सत्ता–सैलूनमा नै ‘ट्रीम’ गरिएको होइन । सत्तासिन हुँदा ‘माखो’ नमार्ने र यो प्रचण्ड गर्मीको परिवेशमा समग्र तराईमा ‘झूल’ लगाइदिने फोस्रो आश्वासन बाँडेरै मात्र हुन्छ के ?

‘धैर्यता’को लामो श्रृङ्खलापछि मात्रै मान्छे सफलताको चुचुरोमा पुग्छ । संशोधन–सत्प्रयास जारी छ । दिन छ अझै– स्वात्त र सिनित्त असहमतिको धूलो तान्ने गरी ‘भ्याकुम’ लगाउने । चुनाव हुँदा ‘चुप्प विरोधमा उर्लने र दिन घर्केपछि ‘ढ्वांग’मा नजिता  खोज्ने कामले फेरि पनि उनीहरुलाई पहिलो चरणको नियतिमा पु¥याउन सक्छ । यो सम्झनुप¥यो ।

हुन्थ्यो भने धेरै ‘चीज’ भइसकेको हुन्थ्यो । वारा–पर्सामा धान रोप्न ‘मस्र्याङ्दी’को पानीले सम्भव नै छैन । त्यसका लागि असारको झरी वा पूर्वी नहरको ‘पैनी’ नै कुर्नुपर्छ । गौरसम्म तिघ्रा र ताली ठटाउन सकिन्छ । मरि गए ‘चपुर’ले अब थेग्ने छैन ‘चन्द्रहरुको– निगाह’ । कोशीले विचल्ली पार्दा द्रविभूत भएका होइनन् केही दिन मनमस्तिष्कहरु । तर खै ? कसले हटाउन सक्यो ‘भण्टावारी’तिरका जमिनमा जम्मा भएको बाढी–वालुवाको समस्या ?

हो, रमाइलो हुन्छ वातानुकूलित कोठामा बसेर असहमतिको ‘राँके’ कुरा गर्न । रेनकोट र गम्बुट लगाएर भोट खसाल्न तम्तयार मानसिकताले सजिलै नसमाउन सक्छन्– ताता पीडा थाप्ने मसालहरु । आन्दोलन मुलुकमा कि संवेगमा भएका छन् । नभए कि ‘समर्पण’ले परिवर्तन ल्याएको छ । लहडमा ‘लोरी ’ गाउँदा यो गर्मीमा बच्चाबच्ची त सुत्दैनन् । कहाँ उर्लेला र ! बेतुके–भांगडाको स्वरले आन्दोलन नामको उभार ।

सबैले बुझेका छन् समीकरण । सत्ता–समर्थनमा उनीहरुले आफ्ना मागको सम्बोधन हुने अपेक्षा राख्नु स्वभाविक हो । तराईसँग ‘तटस्थ’ मूल्यांकन गरेर सिंहदरवारले नवीन विश्वासको ‘शिलान्यास’ गर्नुपर्छ । फाष्ट–ट्रयाकको उधारो सपनाले ४५ मिनेटमा निजगढ पुग्ने ‘कुरो गरेर मात्रै हुँदैन, त्यसका लागि ४५ सेकेण्ड पनि नलगाइकन कार्यान्वयन तहमा गर्न सक्ने काम गर्दै जानुपर्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply