Ticker

6/recent/ticker-posts

तेस्रो राउण्डमा विक्रमको प्रदर्शन कस्तो रहला ?

“सुजकी एशिया च्यालेन्ज” मोटरसाइकल रेस जापानमा शुरु 

काठमाडौं, जेठ । “सुजकी एशिया च्यालेन्ज” नामक मोटर साइकल रेस जुन ३ देखि ४ गतेसम्म जापानको मिएकेनको सुजुकी इन्टरनेशनल सर्किटमा सम्पन्न हुँदैछ । उक्त प्रतियोगितामा नेपालका तर्फबाट विक्रम थापाले भाग लिँदैछन् । उनी सो प्रतियोगिताका लागि गत मे ३१ गते जापान गएका हुन् । 

एशियन रोड रेसिङ च्याम्पियन राउण्डको पहिलो छनौट राउण्ड अप्रिल १ र २ मलेसिया, दोस्रो राउण्ड अप्रिल १४ र १५ थाइल्याण्डमा सम्पन्न भइसकेको छ भने अहिले  तेस्रो राउण्ड जापानमा हुँदैछ । यसैगरी चौथो राउण्ड अगष्ठ १२ र १३ इण्डोनेसियामा, पाँचौ राउण्ड अष्टुवर ७ र ८ मा इण्डियामा र छैठौँ फाइनल राउण्ड डिसेम्वर २ र ३ मा थाइल्याण्ड हुनेछ । 

नेपाली रेसर विक्रमले विगत सन् २०१४ देखि प्रत्येक वर्ष यस खेलमा सहभागिता जनाउँदै आएका छन् । उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले ठूलो धनराशीको पुरस्कार प्राप्त गर्नेछन् । एशियाका २० राष्ट्रबाट आएका खेलाडीहरूको बीच कडा प्रतिस्पर्धा हुने यो प्रतियोगितामा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगितामा सफल हुनले मात्र तेस्रो राउण्डको खेलमा सहभागिता जनाएका हुन् । 

बिक्रमले ३ बर्षदेखि लगातार कहिले नेपाली कहिले थाइ त कहिले मलेसियाका मेकानिकलाई आफ्नो टिममा अनुबन्धन गरी यो खेलमा भाग लिइरेका छन् । अरु देशबाट आउने टिमहरुको लागि यो सबै ब्यबस्था आफ्नै देशको सरकारले गर्दछ भने नेपालमा भने यो सबै बिक्रम आफैँले गरेका छन् । 

यो पटक जापानमा हुने खेलको लागि थापाले जापानका मोटरसाइकिल विज्ञ नोबुयुकी मितानी (Nobuyuki Mitani)लाई आफ्नो मेकानिक टिममा अनुबन्धन गरेका छन् ।

संसारकै जोखिमपूर्ण र महँगो खेलमा रुपमा लिइने यो खेलको लागि नेपालमा सम्भावना भएता पनि कुनै पूर्वाधारहरुको विकास हुन नसकेको थापा बताउँछन् । 

उनी भन्छिन् –‘विगत ३ बर्षदेखि म आफ्नो व्यक्तिगत तवरको मिहेनत र संघर्षले यस क्षेत्रमा लागिपरेको छु, सरकारको सहयोग भए अझ हौसला मिल्ने थियो ।’ उनले थपे– ‘नेपाली झण्डा फहराउँदै संसारभरि नेपाललाई चिनाउने नेपालको पहिलो एशियनस्तरको मोटर साइकिल रेसरको रुपमा  संसारभर चिनाउन चाहन्छु ।’ 

Post a Comment

0 Comments