Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, जेठ ।
ब्रिटेनमा प्रधानमन्त्री थेरेसा मेले संसदीय चुनावमा बहुमत गुमेकोमा दुःख व्यक्त गर्दै कन्जरभेटिभ पार्टीका नेता र सांसदहरुसँग क्षमायाचना गरेकी छन् । आफना कारण बहुमत गुमेको स्वीकार्दै प्रधानमन्त्री मे ले कसैलाई पनि कठिन स्थितीको सामना गर्न नपर्ने बाटो अबलम्बन गर्ने बताएकी छन् ।
उनले आफनो इच्छा बमोजिम प्रधानमन्त्री पदमा रहिरहने पनि प्रष्ट पारिन् । बेलायतमा हालै सम्पन्न संसद्को निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि मे ले १० सीट रहेको डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहयोगमा नयाँ सरकार बनाउन लागेकी छिन् ।
सरकार बनाउने जनादेश आफ्नो दललाई मात्र भएको भन्दै उनले स्थीर सरकार निर्माणमा आफ्नो जोड रहने बताउनुभयोबताइन् । ६ सय ५० सदस्यीय हाउस अफ्–कमन्समा सत्तारुढ कञ्जरभेटिभले ३ सय १८ सिट मात्र जितेको छ । स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेमा उसलाई ८ सीटको कमी भएको हो ।
अघिल्लो संसद्मा भन्दा उसले १० सीट गुमाएको छ भने विपक्षी लेबर पार्टीले ३२ सीट थप गर्दै २ सय ६२ सीटमा जितेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply