एजेन्सी, जेठ ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले शानदार जित दर्ता गरेको छ । मंगलबार मेलबर्नमा भएको खेलमा ब्राजिलले घरेलु टोली अस्ट्रेलियालाई ४–० ले हराएको हो ।
खेलको पहिलो मिनेटमा नै सोउजाले गोल गर्दै ब्राजिललाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा थप तीन गोल गर्यो । ६२ औं मिनेटमा थिएगो सिल्भाले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।
७५ औं मिनेटमा टाइसन कोस्टाले गोल गरेपछि टिटेको टिम ब्राजिलको अग्रता ३–० मा पुग्यो । इन्जुरी समयमा सोउजाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए । यो खेलमा ब्राजिल नेइमार बिना नै खेलेको थियो ।
0 Comments