Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास

बलराम प्यासी
काठमाडौं । विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोग निको पारेको दावी गर्दै आएका ललितपुर महानगरपालिका वडा नं १२ कुटीसौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट संकलित दक्षिणा÷भेटीबाट चाँगुनारायण नगरपालिका ८ कलमसी, सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्ति स्थापना गर्न लागेका छन् ।

यसका लागि उनले आफुकहाँ उपचारको लागि आउने भक्तजनसंग आफ्नो गक्ष अनुसार स्वेच्छाले सहयोगको आह्वान पनि गरेका छन् । आगामी नागपञ्चमीमा सो महादेवको मुर्ति स्थापनाको शिलान्यास तिथि तय गरिएको उनले बताए । 

जमीनबाट ४० फिट गहिराई र जमिन सतहबाट १०८ फिट अग्लो ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेव मुर्ति स्थापना गर्न लागिएको हो । आफुले कल्पना गरेको कुरा पुरा गर्ने भएकोले सो महादेवलाई कल्पेश्वर महादेव भनिएको हो । मन्दीर निर्माण समितिको अध्यक्ष तथा संरक्षक तिनै शिवभक्त ‘शिवतान्त्रिक’ रहेका छन् ।

कल्पेश्वर महादेव मुर्ति स्थापनाको लागि कलमसीको ८२ रोपनी खुल्ला चरणक्षेत्र कालिका कल्पेश्वर महादेव मन्दीरको नाउँमा केही वर्षअघि भोगाधिकार आइसकेको छ । तत्कालिन सुडाल गाविसको वडा नं ८ र ताथली गाविसको वडा नं ४ मा रहेको ८२ रोपनी सार्वजनिक जग्गा मन्दीरको नाउँमा दिईएको तत्कालिन सुडाल गाविस सचिव बद्री विशाल नेपालले बताए ।

गाईवस्तु चराउन प्रयोग भईरहेको सो सार्वजनिक जग्गामा करीव २० करोड रुपैयाँको लागतमा १०८ फिट अग्लो कल्पेश्वर महादेवमुर्ति स्थापना गरिने भएपछि त्यहाँको चहलपहल अहिलेदेखि नैबढ्न थालेको नेपाली काँग्रेसका स्थानीय नेता एवम् मन्दीर निर्माण समितिका सदस्य हरिप्रसाद नेपालले बताए । 

मन्दीरको नाउँमा भोगाधिकार आएको ८२ रोपनी जमिनमा महादेव मन्दीरको साथै वालउद्यान, वनभोजस्थल, पार्कलगायत बन्नेछ । ‘महादेवको मूर्ति स्थापना, पार्क, वनभोजस्थल निर्माण सम्पन्न भएपछि यो ठाऊँ धार्मिक पर्यटनको रुपमा विकास हुनेछ’—सदस्य नेपालले भने । कमलविनायकदेखि चल्ने सार्वजनिक बसको अन्तिम विसौनी कल्पेश्वर महादेव मुर्ति निर्माणस्थल नजिक रहेको छ । 

कालिका मन्दीर निर्माणको लागि चन्दा संकलन गर्ने उद्धेश्यले २०६९ लगाएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट संकलित १३ लाख रुपैयाँबाट कालिका मन्दीर बनाइएको उल्लेख गर्दै निर्माण समिति सदस्य नेपालले शिवतान्त्रिकको व्यक्तिगत लगानीमा हिमालको आकृति सहित पोखरीभित्र कालीनागको स्थापना, भजन घरनिर्माण र सानो शिवमन्दीर बनिसकेको छ । शिवतान्त्रिक २०७१ को नागपञ्चमीका अवसरमा कलमसी पुगेका थिए ।

कालिका मन्दीर नजिकै रहेको ८२ रोपनी भिरालो जमीन डोजर लगाएर सम्याउने काम भईसकेको र माटो परीक्षणको काम पनि भईसकेको शिवतान्त्रिकले बताए । २०७१ को नागपञ्चमीदेखि हालसम्म कलमसीमा कालिका मन्दीर निर्माण, कालिनागको स्थापना, भजनघर निर्माण र बुढानिलण्ठको प्रतिमा स्थापनाको साथै डोजरलगाएरसो सार्वजनिकजग्गा सम्याउन समेत १ करोड २२ लाख रुपैयाँ खर्च भईसकेको पनि उनले बताए ।

भक्तपुरको कमलविनायक भत्केको पाटीबाट करीव १० किलोमिटर पुर्वतर्फ काभ्रेको सिमानामा जोडिएको कलमसीबाट काठमाण्डौ उपत्यकाका तीनैवटा शहर काठमाण्डौ, भक्तपुर र ललितपुर शहर प्रष्ट देखिन्छ ।

साक्षरमात्रै रहेका शिवतान्त्रिकले २२ वर्षको अन्तरालमा हजारौं विरामीको रोग निको पारेको र रोग निको भईसकेपछि उनीहरुले दिएको स्वेच्छिक दक्षिणा÷भेटीबाट भगवान शिवको नाऊँमा कल्पेश्वर महादेवको मुर्ति स्थापना गर्न लागिएको उनले बताए । 

उनी आफ्नो निवासमा दैनिक विहान ७ बजेदेखि दैनिक ५ सयदेखि एकहजार जनासम्म विरामीको उपचार गर्ने गर्छन ।उनको उपचार शुल्क तोकिएको छैन,विरामीको स्वेच्छाले २० देखि १०० रुपैयाँसम्म चढाउने गर्छन । त्यो भन्दा बढी रुपैयाँ दान गर्नेको नाम र ठेगाना पारदर्शिरुपमा उनका सहयोगीले टिप्ने गरेका छन् । 

पक्षघात, क्यान्सर लगायत जटिल भन्दा जटिल रोग निको पारेको विश्वासमा रोगीहरु उनीकहाँ उपचारको लागि सोध्दै खोज्दै आउने गरेका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply