राष्ट्रिय अनुकूलन योजना (न्याप) तर्जुमाका केही प्रतिवेदनहरु सार्वजनिक
काठमाडौं, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गर्नुभएको छ । उहाँले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवम् संवद्र्वन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भन्नभयो, “जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरण बीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ ।” राष्ट्रपति भण्डारीले वातावरण दिवस मनाउनु एउटा औपचारिक विषय मात्र नभएको भन्दै प्रकृतिलाई सिँगार्दै नेपालमा सिङ्गो, सामाजिक, आर्थिक, विकास गर्ने लक्ष्यप्रति दृढ सङ्कल्प गरी त्यसलाई महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
“जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालका लागि वातावरण दिवस मनाउनुको आफ्नै विशेष महत्व रहेको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र समुदाय विकास साझेदारलगायत आम नागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।
उहाँले प्रकृति तथा मावन बीचको सम्बन्ध अभिन्न अङ्ग रहनाले स्थानीय समुदायले जल, जङ्गल र जमिनको संरक्षण गरी वातावण संरक्षणमा पु¥याएको उल्लेख्य योगदानको कदर गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालमा सामुदायिक वनको सफलता विश्वमा उदाहरणीय छ, नेपाल प्राकृतिक सम्पदा, ग्रामीण समुदायको आर्थिक तथा सामाजिक विकासको दिगो आधारका रूपमा रहिआएको छ ।”
भौगोलिक तथा सामाजिक महत्व बोकेको चुरे क्षेत्रको प्राकृतिक वातावरण यथावत् राखिरहन सञ्चालित ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजनाजस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत पु¥याइरहेको राष्ट्रपतिले बताउनुभयो ।
सन् १९७२ मा सम्पन्न संयुक्त राष्ट्र सङ्घको साधारणसभाले विश्वमा हरेक वर्ष जुन ५ का दिन विश्व वातारण दिवस मनाउने घोषणा गरेअनुरूप विश्वभर विभिन्न कार्यक्रमसहित जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिएको पाइन्छ । यस वर्षको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध ः रहिरहोस् अनन्त’ भन्ने रहेको छ ।
समारोहमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै आर्थिक, सामाजिक विकासले गति लिइरहेको अवस्थामा वातावरण विकासले समेत गति लिन थालेको छ भन्नुभयो ।
मन्त्रालयले यस वर्षको ‘वातारण संरक्षण पुरस्कार’ महिला बालबालिका तथा वातावरण सुधार केन्द्र मकवानपुरलाई प्रदान गरेको छ । सोही पुरस्कार वातावरण अभियन्ता कैलालीका लालबहादुर रावललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख ५० हजार रहेको छ ।
त्यसैगरी, वातारण संरक्षण महिला पुरस्कार इन्दिरा पराजुली (कास्की)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
वातारणमैत्री उद्योग पुरस्कार युनिलिभर नेपाल (संस्था), वातारण पत्रकार पुरस्कार लक्ष्मीप्रसाद उपाध्यक्ष र जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार अभिषेक श्रेष्ठ (मोरङ)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु २५ हजार, ५० हजार र २५ हजार रहेको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले वातावरण संरक्षणका लागि मोटरसाइकलमा दक्षिण एसियाली मुलुक यात्रा गर्न लाग्नुभएका युवालाई नेपालको झन्डा प्रदान गर्नुभएको थियो ।
यसैबीच, विश्व वातावरण दिवस, २०७४ को उपलक्ष्यमा राष्ट्रिय अनुकूलन योजना (न्याप) तर्जुमाको प्रक्रियामा तयार भएका केही प्रतिवेदनहरुको लोकार्पण गरिएको छ ।
प्रतिवेदनमा तापक्रमको बृद्धिसंगै बर्षाको नियमित चक्रमा परिवर्तन आउँदा जलवायु परिवर्तनका कारण नेपाल थप सङ्कमा पर्दै गएको उल्लेख छ । नेपालले हरितगृह ग्याँसको उत्सर्जन अत्यन्तै न्यून गर्ने भएकोले आप्mनो अस्तित्व रक्षाका लागि अनुकूलित हुने र समानुकूलन क्षमता बढाउनु पर्ने भएको छ । यसैक्रममा नेपालले राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) तयार गरी स्थानीय अनुकूलन कार्ययोजना (लापा) को संरचना मार्फत तत्कालै गर्नु पर्ने र अत्यावश्यक अनुकूलनका कार्यहरु कार्यान्वयन गरिरहेको छ ।
प्रतिवेदनमा तापक्रमको बृद्धिसंगै बर्षाको नियमित चक्रमा परिवर्तन आउँदा जलवायु परिवर्तनका कारण नेपाल थप सङ्कमा पर्दै गएको उल्लेख छ । नेपालले हरितगृह ग्याँसको उत्सर्जन अत्यन्तै न्यून गर्ने भएकोले आप्mनो अस्तित्व रक्षाका लागि अनुकूलित हुने र समानुकूलन क्षमता बढाउनु पर्ने भएको छ । यसैक्रममा नेपालले राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) तयार गरी स्थानीय अनुकूलन कार्ययोजना (लापा) को संरचना मार्फत तत्कालै गर्नु पर्ने र अत्यावश्यक अनुकूलनका कार्यहरु कार्यान्वयन गरिरहेको छ ।
जलवायु परिवर्तन सम्बन्धी महासन्धि, क्योटो अभिसन्धि र पेरिस सम्झौताको पक्ष भएकोले तिनबाट सिर्जित दायित्व, नेपालको जलवायु परिवर्तन नीति (२०६७), चालु चौधौं योजना र पेरिस सम्झौता कार्यान्वयनका लागि तयार भएको राष्ट्रिय स्तरमा निर्धारित योगदान (एन.डी.सी.) बमोजिम मध्य र दीर्घकालीन अनुकूलनका लागि नेपालले राष्ट्रिय अनुकूलन योजना (न्याप) तर्जुमा गर्दैछ । जनसङ्ख्या तथा वातावरण मन्त्रालयको अगुवाईमा जलवायु परिवर्तनबाट प्रभावित ९ वटा मन्त्रालयहरुले संयोजन गरेको २०१ जना बहूसरोकारवालाहरुको प्रतिनिधित्व एवम् सक्रिय संलग्नता रहेको ९ कार्य कार्यसमूह मार्फत सवैलाई समेट्ने निर्देशक सिद्धान्त अङ्गिकार गरी जलवायु अनुकूलनको अनुभव र आवश्यकतालाई ध्यान दिई राष्ट्रिय अनुकूलन योजना (न्याप) तर्जुमा भईरहेको छ । यसैक्रममा तयार भएका विभिन्न प्रतिवेदनहरुमध्ये वस्तुस्थिति (स्टकटेकिङ्ग), जलवायु परिवर्तनको प्रवृत्ति (ट्रेण्ड) र जलवायु सङ्कटासन्नता एवम् जोखिम मूल्याङ्कनको राष्ट्रिय संरचना र सूचक सहितको प्रतिवेदन माननीय वातावरण मन्त्री जयदेव जोशी र पूर्व वातावरण मन्त्री डा. मानबहादुर विश्वकर्माबाट विमोचन गरिएको थियो ।
संयुक्त अधिराज्य वेलायत सरकारको सहयोगमा अक्सफोर्ड पोलिसी म्यानेजमेन्टको ब्यवस्थापनमा सञ्चालित एक्ट पहलकदमीका लागि प्राक्टिकल एक्सन नेपालको सहयोग एवम् जल तथा मौसम विज्ञान विभाग र इसिमोडको प्राविधिक सहकार्यमा यी प्रतिवेदनहरु तयार भएका छन् । यसैगरी न्याप प्रक्रियामा डब्लु. डब्लु.एफ. नेपाल र केयर नेपालबाट पनि कार्यक्रमगत सहयोग प्राप्त भएको थियो ।
यि प्रतिवेदनहरुमध्ये,
१. वस्तुस्थिति प्रतिवेदनले कृषि तथा खाद्य सुरक्षा, जलवायुजन्य विपद्, वन तथा जैविक विविधता, जनस्वास्थ्य, खानेपानी तथा सरसफाई, पर्यटन, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, शहरी वस्ती तथा पूर्वाधार, जलस्रोत तथा उर्जा, लैङ्गिक तथा सीमान्तकृत समुदाय र जीविकोपार्जन तथा सुशासनमा जलवायु परिवर्तनबाट परेको प्रभावलाई उजागर गरेको छ ।
२. सन् १९७१ देखि २०१४ सम्मको ४४ वर्षको तापक्रम र वर्षाको तथ्याङ्क विश्षेषण गरी तयार भएको जलवायु परिवर्तनको प्रवृत्ति सम्बन्धी प्रतिवेदनले राष्ट्रिय र जिल्लास्तरमा तापक्रम र वर्षामा आएको परिवर्तनलाई स्पष्ट पारेको छ ।
३. जलवायु सङ्कटासन्नता र जोखिम मूल्याङ्कन गर्नको लागि नेपालले एक नयाँ संरचना (फ्रेमवर्क) तयार गरेको छ । यस संरचनाले नेपालमा मात्र नभई अन्य देशमा पनि जलवायु सङ्कटासन्नता र जोखिम मूल्याङ्कन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय अनुकूलन योजना तर्जुमा प्रक्रियाको मुख्य निम्न २ उद्देश्य रहेको छः
(क) अनुकूलन क्षमता र समानुकूलित विकासको माध्यमबाट नेपालमा जलवायु संंवेदनशील क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको सङ्कटासन्नता न्यूनीकरण गर्ने ।
(ख) विद्यमान तथा नयाँ सान्दर्भिक नीति, कार्यक्रम र गतिविधिहरु, विशेषतः विकास योजना निर्माणको प्रक्रिया र रणनीतिहरुमा उपयुक्तताको आधारमा सम्बन्धित क्षेत्र र तहहरुमा सुसंगत तरिकाबाट जलवायु अनुकूलनलाई समायोजन गर्ने ।
महासन्धिको केन्द्रविन्दूको हैसियतमा कार्य गरिरहेको जनसङ्ख्या तथा वातावरण मन्त्रालयले वि.सं. २०७२ साल असोज १ गते एक विशेष कार्यक्रमबीच न्याप तर्जुमा प्रक्रिया शुभारम्भ भएको सार्वजनिक गरेको थियो । न्याप तर्जुमा गर्दा नेपाल सरकार (कार्य विभाजन नियमावली, २०७२) बमोजिम जिम्मेवार मन्त्रालयहरुले संयोजन गर्ने गरी बहूसरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी विषयगत र बहूप्रभावी कार्यसमूहबाट न्याप तर्जुमा गर्ने निर्णय गरेको छ । यस अनुसार निम्न कार्यसमूहहरुलाई निम्न मन्त्रालयहरुले संयोजन गरेका छन्ः
विषयगत कार्यसमूहहरु संयोजन गर्ने मन्त्रालय
१. कृषि तथा खाद्य सुरक्षा (पोषण) कृषि विकास मन्त्रालय
२. वन तथा जैविक विविधता वन तथा भू–संरक्षण मन्त्रालय
३. जलस्रोत तथा ऊर्जा ऊर्जा मन्त्रालय
४. जलवायुजन्य विपद् गृह मन्त्रालय
५. शहरी बस्ती तथा पूर्वाधार शहरी विकास मन्त्रालय
६. पर्यटन, प्राकृतिक र सांस्कृतिक सम्पदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
७. जनस्वास्थ्य (खानेपानी तथा सरसफाई) स्वास्थ्य मन्त्रालय
बहूप्रभावी कार्य समूहहरु
८. लैङ्गिक तथा सीमान्तकृत समूदाय महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
९. जीविकोपार्जन तथा सु–शासन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
यी कार्यसमूहहरु ९ वटा मन्त्रालयका सह–सचिवहरुको संयोजकत्वमा गठन भएका छन् । यसैगरी सह÷उप–संयोजक एवम् सदस्य–सचिवको पनि व्यवस्था भएको छ । यसरी नेपालको न्याप तर्जुमा प्रक्रियामा बहूसरोकारवालाहरुको सहभागिता र संलग्नता सुनिश्चित गरिएको छ । यी सवै कार्यसमूहको कार्यक्षेत्र समेटिएको वेग्ला–वेग्लै वस्तुस्थिति प्रतिवेदनहरु, संस्था तथा ब्यक्तिको क्षमताको अवस्था एवम् आवश्यकता सम्बन्धी वेग्ला–वेग्लै प्रतिवेदनहरु, ति आवश्यकताको परिपूर्ति गर्न तालिम सामग्री, न्याप तर्जुमा प्रक्रियाका अनुभव तथा सिकाइहरु सम्बन्धी प्रतिवेदन तयार भएका छन् र छिट्टै प्रकाशमा ल्याइने छ ।
मध्यकालीन र दीर्घकालीन अनुकूलन कार्यक्रमको चयन समेत गर्नका लागि अत्यावश्यक जलवायु परिवर्तनको परिदृश्य (सिनारियो) र माथि उल्लिखित सवै क्षेत्रमा सङ्कटासन्नता र जोखिम मूल्याङ्कन गर्ने कार्य छिट्टै शुरु गरिने छ ।
त्यस्तै, संस्कृतिविद् सत्यमोहन जोशीले कला र वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने बताउनुभएको छ । विश्व वातावरण दिवस–२०१७ कै अवसरमा सदर चिडियाखानाले आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले प्रकृति र संस्कृतिलाई जोगाउँदै वातावरण संरक्षण गरिनुपर्नेमा उहाँको जोड छ ।
जोशीले वर्तमान समयमा विकासको कामको सुरुवात गर्दा वातावरण र प्रकृतिलाई ध्यान दिएर मात्र गरिनुपर्ने भन्दै प्रकृतिलाई नै नष्ट गरेर विकासले गति लिन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमुख चिरिबाबु महर्जनले वातावरण सफा राख्नु सबैको साझा कर्तव्य रहेको बताउँदै वातावरणको महत्व, आवश्यकता र संरक्षणबारे विद्यालयस्तरको शिक्षामा नै समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय प्रकृतिक संरक्षण कोषका कार्यक्रम निर्देशक सरिता ज्ञावलीले सुन्दर र सफा वातावरण निर्माणका लागि ध्यान दिनु आवश्यक रहेको भन्दै प्रत्येक व्यक्ति स्वयम्ले यसबारे सोच्नुपर्ने बताउनुभयो ।
सदर चिडियाखानाको प्रमुख रचना शाहले जीवजन्तु पनि वातावरण सुन्दर बनाउने प्रमुख पक्ष रहेकाले तिनीहरुको संरक्षण गर्न पनि अत्यन्तै आवश्यक रहेको धारण राख्नुभयो ।
‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ नामक कार्यक्रममा वर्षभरि चिडियाखानाले आयोजना गरेको संरक्षण क्षेत्र कार्यक्रमअन्तर्गत हाजिरीजवाफ, निबन्ध लेखन, वातावरण संरक्षणबारे नाटक प्रस्तुत र जन्तुलाई खाना खुवाउने तालिममा सहभागी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
0 Comments