Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, जेठ ।
काठमाडौं उपत्यकामा यसवर्षकै धेरै गर्मी भएको छ । उपत्यकाको तापक्रम आइतबार यसबर्षकै धेरै ३२ डिग्री सेल्सियस पुगेको मौसमविद्ले जनाएका छन् । अहिले पनि काठमाडौं गुम्म छ । सोमबार बिहानको तापक्रम नै २३ डिग्री सेल्सियस पुगेको छ । अघिल्ला दिनमा यतिबेलाको तापक्रम १७–१८ डिग्री हुने गरेको मौसमविद्ले बताए । गर्मीले तराईको जनजीवन झनै प्रभावित भएको छ । 
तर सोमबार बेलुकीपखदेखि भने केही राहत मिल्ने अनुमान गरिएको छ । बेलुकीपख मौसम बद्ली हुने र मंगलबारदेखि विस्तारै तापक्रम घट्दै जाने अनुमान गरिएको मौसमविदले जनाएका छन् ।
मंगलबार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पूर्वी वायु र जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रममा रहेकाले मंगलबारदेखि पानी पर्ने अनुमान गरिएको हो ।
यस्तै अबको ३–४ दिन पछि मनसुन पनि भित्रने सम्भावना रहेकाले अब गर्मी घट्दै जाने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply