काठमाडौ, असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सार्न प्रधानमन्त्री शेरवहादुर देउवालाई आफ्नै पार्टी नेपाली कांग्रेसवाट चर्को दवाव आएको छ । नेपाली कांग्रेसका मधेशवाट प्रतिनिधित्व गर्ने नेता,सांसदहरुले निर्वाचनको मिति सार्न चर्को दवाव दिईरहेका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेसमा राष्ट्रिय जनता पार्टीको नेतृत्वमा सुरु भएको आन्दोलनलाई शान्त गरेर मात्र अगाडि बढ्न निश्कर्षसहित काँग्रेसभित्र तराईका नेताहरु पुगेका छन्। मंगलवार काठमाडौंमा भेला भएका तराईका काँग्रेस जिल्ला सभापतिहरु, केन्द्रीय सदस्यहरु र ययहाँबाट प्रतिनिधीत्व गर्ने साँसदहरुले बैठक गरेका थिए।
मधेसलाई अशान्त छोडेर बलजफ्ती चुनावमा जानु उपयुक्त हुने छैन भन्ने हाम्रो साझा निश्कर्ष रह्यो। बुधवार बिहान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनीहरुले सामुहिक रुपमा आफ्ना कुरा राखेका छन्। आफूहरुले मधेसमा जारी आन्दोलनलाई शान्त गरी र राजपालाई पनि साथ लिएर चुनावमा जाने वातावरण बनाउने आग्रह गरेको काँग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले बताए।
आन्दोलनको बिषय लिएर पहल गर्न जिल्लाका पार्टी सभापति र नेताहरु काठमाडौं पुगेपछि मेयर, उपमेयर, गाउँपालिका प्रमुख गाउँपालिका उपप्रमुख र वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी टुँग्याउन ढिलाई भएको अजय चौरसियाले बताए। उनका अनुसार पर्सामा वीरगन्ज माहानगरपालिका र पोखरिया नगरपालिकाको मेयरबाहेक उम्मेदवार चयन गर्न बाकी छ। वीरगन्जमा पर्सा जिल्ला काँग्रेस सभापति अजय कुमार द्विवेदी र पोखरियामा पूर्व सभासद रामेश्वर रौनियार मेयरमा निश्चित भइसकेको उनले सुनाए।
एमालले बुधवार साँझसम्म पर्साको हकमा उम्मेदवार चयन गरपसक्ने जिल्ला इन्चार्ज समेत रहेका साँसद रामचन्द्र साहले बताए। माओवादी केन्द्र छोडेर आएका वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीको नाम मेयरमा आउने लगभग तय भइसकेको उनले बताए। गत सबिधान सभामा माओबादीबाट पर्सा क्षेत्र नं २ मा प्रत्यासी रहेका अन्सारीलाई टिकट दिने सर्तमा भित्रयाइएपछि एमालेभित्र असन्तुष्टी देखिएको छ।
0 Comments