काठमाडौ, जेठ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ कार्यक्रमअघि नै नेता रामचन्द्र पौडेल पक्षसँग मन्त्रीका लागि नाम मागेका थिए । आवश्यक सल्लाह नगरेको भन्दै पौडेल पक्षले नाम नपठाउने र शपथमा भाग नलिने चेतावनी दिएको थियो ।
मन्त्रालय नतोकी नाम मागेको भन्दै पौडेल पक्षले सोमबार र मंगलबार भेला गरेर नाम नपठाउने निर्णय गरेको थियो । देउवाले गलत सन्देश जाने भन्दै नपठाए पनि शपथमा आउन आग्रह गरेका थिए । देउवाको आग्रहपछि नेता पौडेल र महामन्त्री डा. शशांक कोइराला शपथ समारोहमा पुगेको स्रोतले बतायो ।
पौडेल पक्षका एक नेताले भनेः‘छलफल भएन भनेर साथीहरुमा असन्तुष्टि देखिएको हो । अब सभापतिले मिलाउँछु भन्नुभएको छ,मन्त्रालय तोकेर बोलाएपछि हामी बिहीबार नै तीन मन्त्री पठाउँछौं ।’
सपथ ग्रहण अगाडी पौडेल पक्षले भेला बोलाएर सपथ ग्रहणमा नजाने निर्णय गरेको थियो । तर देउवाले टेलिफोनवाटै धम्क्याएपछि पौडेल पक्षको निर्णय १ घण्टा पनि टिकेन । पौडेल पक्षका नेताहरु सपथ ग्रहणमा गए ।
0 Comments