Ticker

6/recent/ticker-posts

प्रधानमन्त्रीका लागि देउवाद्वारा उम्मेदवारी दर्ता

प्रस्तावक प्रचण्ड र समर्थक पौडेल
काठमाडौं, जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। शनिबार बिहान ११ः ३० बजे नयाँ बानेश्वरस्थित संसद भवन पुगेर देउवाले प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

देउवाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल रहेका छन्।  नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, समाजवादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्का पनि देउवाको समर्थक बसेका छन्।

देउवाले अहिलेसम्म नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, अखण्ड पार्टी नेपालको समर्थन पाएका छन्। राप्रपा, राजपा नेपाल, संघीय समाजवादी फोरम लगायत साना दलहरुको समर्थन जुटाउन देउवाले पहल गरिरहेका छन्।

संसद सचिवालयले निर्वाचन कार्यतालिका अनुसार शनिबार विहान ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने भने साढे ४ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।  यस्तै, प्रधानमन्त्रीको निर्वाचन भने आइतबार बिहान ११ बजे हुनेछ।

Post a Comment

0 Comments