Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, जेठ ।
विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे भने शद्दरन मुस्ताफी, अमिन युनिस, जुलियन ब्रान्ट र जुलियन ड्रेक्सलरले एक–एक गोल गरे । 
११ औं मिनेटमा ड्रेक्सलरले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए । वाग्नरले १६ र २९ तथा युनिसले ३८ औं मिनेटमा गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४–० को अग्रता लियो । मुस्ताफीले ४७ तथा ब्रान्टले ७२ औं मिनेटमा गोल गरेपछि जर्मनीको अग्रता ६–० मा पुग्यो । ८५ औं मिनेटमा वाग्नरले ह्याट्रिक पूरा गरेपछि जर्मनी ७–० ले विजयी भयो । 
छनौट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ । यस्तै समूह‘सी’ अन्तर्गत राति नै भएको खेलमा नर्दन आयरल्याण्डले अजरबैजानलाई १–० ले हरायो । दोस्रो स्थानको आयरल्याण्डको ६ खेलबाट १३ अंक भएको छ । समूहकै अर्को खेलमा नर्वे र चेक गणतन्त्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply