Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २० जेठ । राष्ट्र निर्माणको उद्देश्य बोकेर जब मैले राष्ट्रिय अनुसन्धान केन्द्र खोल्ने सोच अगाडि सारेँ, धेरैले मलाई ‘तपाईंलाई केले प्रेरित गर्‍यो? कसरी काम गर्ने भाव आयो?’ भन्ने प्रश्न सोधे । मलाई देशको आवश्यकताले प्रेरित गरेको हो । 
मैले २५ वर्षदेखि देशका विभिन्न गाउँमा पर्यटन, प्रकृति संरक्षण, आयआर्जनका लागि विभिन्न काम गरेँ । ती काम समाजको आवश्यकता महसुस गरेर गरेको हुँ । त्यसका साथै गाउँगाउँमा इन्टरनेट पुर्‍याएँ । त्यो रमाइलोका लागि पुर्‍याएको होइन । त्यसको सदुपयोग गर्न सकियो भने समाजले फाइदा लिनसक्छ भनेर गरेको हुँ । आवश्यकता नै मेरो प्रेरणाको स्रोत हो।

अर्को कुरा, म निःस्वार्थी छैन । म त एकदमै स्वार्थी मान्छे हुँ, किनभने मान्छे भएपछि स्वार्थ त हुन्छ नै । जनावरको स्वार्थ खाने, पिउने, सुत्ने हुन्छ तर मान्छेका स्वार्थ अनगिन्ती हुन्छन् । म पनि मानिस भएकाले स्वार्थ छ । तपाईंको स्वार्थसँग मेरो स्वार्थ मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । राष्ट्रलाई माथि उठाउने मेरो ठूलो स्वार्थ हो । यो सानोतिनो स्वार्थ होइन । त्यही स्वार्थले प्रेरित गरेर मैले यो अभियान सुरु गरेँ । २५ वर्षसम्म मैले समाजसेवा गरेँ । करिब एक सय २५ गाउँमा गएर काम पनि गरेँ । समाजमा केही योगदान पनि पुर्‍याएँ । यस क्रममा एउटा पाठ पनि सिकेँ । त्यही पाठका आधारमा अहिलेको अभियान सुरु गरेको हुँ। अन्नपूर्ण पोष्टमा दिएको अन्तरवार्तामा उनले यो कुरा बताएका हुन्।

यो मैले २५ वर्ष लगाएर सिकेको पाठ हो, समाजसेवा गरेरमात्र देशको विकास नहुँदो रहेछ । समाजसेवाले समाजमा राहत त पुर्‍याउँछ, मानिसलाई दुःखमा साथ त दिन्छ तर त्यसले देशको विकास हुँदैन । लाखौंलाख नेपालीले देशविदेशमा बसेर पनि समाजसेवा गरिरहेका छन् । सबैको उद्देश्य देश उँभो लागोस् भन्ने हो । तर, देशको विकास त भएन रु यसको अर्थ समाजसेवा गर्न हुन्न भन्ने होइन । मान्छे भएर समाजमा बसेपछि नमरुन्जेल समाजसेवा गर्नुपर्छ ।

समाजसेवा र देशको विकास एकदमै फरक हो । मेरो बुझाइमा देशको विकास भनेको आर्थिक विकास हो । आर्थिक विकास भएको देशलाई विकसित भनिन्छ । हामी अविकसित भएको कारण नै आर्थिक विकास नहुनु हो । हामीजस्ता आर्थिक विकास गर्न नसकेका थुप्रै देश छन् । आर्थिक विकास गरेर विकसित भएका पनि थुप्रै छन्।

मलाई एक विदेशीले सोधे ‘के तिमीहरूले गर्न चाहेको, गर्नसक्ने स्रोत तिमीहरूसँग छ?’
मैले जवाफ दिएँ ‘नेपाललाई विकसित बनाउन चाहिनेभन्दा बढी स्रोत छ हामीसँग।’
मैले त्यस्तो जवाफ किन दिएँ भने कुनै पनि देशको विकास गर्न चाहिने सबैभन्दा ठूलो स्रोत मानव शक्ति हो । मानव पुँजीभन्दा ठूलो पुँजी अरू हुँदैन। जुन देशले मानव पुँजीलाई राम्ररी परिचालन गर्नसक्छ, त्यसले विकास गर्छ । जसले मानव पुँजीलाई कौडीजस्तो ठान्छ, त्यसको विकास हुँदैन । विकसित देशलाई हेरौं न, उनीहरूले देशका प्रतिभासम्पन्न मानिसलाई जसरी भए पनि सहयोग गरेर उपयोग गर्छन् । हाम्रो देशमा प्रतिभासम्पन्न मानिसलाई देशमै राख्नुपर्छ भन्ने सोचको विकास नै भएको छैन।
हालैमात्र मैले रेडियोमा सुनेँ, विदेशमा बसेका नेपाली वैज्ञानिकलाई फर्काउन, 'फर्क हे फर्क नेपाली...' भन्ने नारा बनाएका रहेछन् । त्यो सकारात्मक हो । भारतले कति वैज्ञानिक फर्कायो, त्यही सिकेर गर्न खोजिएको होला । तर, एउटा नाराले मात्र उनीहरू फर्कनेछैनन् । उनीहरूलाई स्वदेशमै फर्किने वातावरण बनाइदिनुपर्छ । त्यसका लागि सरकारले आँखा चिम्लेर बजेट छुट्याउनु पर्‍यो।
यही कुरा सरकारलाई सम्झाउन मैले चार वर्षसम्म प्रयास गरेँ । मैले भनेँ, ‘अरू विकसित देशहरूले आफ्नो जीडीपी ९कुल गार्हस्थ्य उत्पादन०को पाँच प्रतिशतसम्म खोज, अनुसन्धानमा खर्च गर्छन् । त्यो भनेको खर्बौं अमेरिकी डलर हो । हामीले कम्तीमा एक प्रतिशतबाट सुरु गर्नुपर्‍यो । त्यो रकम विज्ञान मन्त्रालय, नास्ट आदिबाट कार्यक्रममार्फत लगानी गरौं।’
मेरो कुरा सरकार चलाउनेहरूले सुन्नुभएन । मैले आविष्कार केन्द्र खोलेर सञ्चालन गरौं भनेँ । तर, कतैबाट सुनुवाइ नभएपछि हामी आफैंले थाल्नुपर्‍यो भनेर सुरु गरेका हौं ।आविष्कार केन्द्र पूर्ण रूपमा सस्टेनेबल र हामी आपंले चलाउने हो । धेरै मानिसले ुतँलाई किन चासोु भनेर पनि सोध्छन् । म बारम्बार भन्ने गर्छु, 'मजस्तो मानिसले ुराष्ट्रिय आविष्कार केन्द्रुजस्तो संस्था खोल्ने होइन किनभने अनुसन्धान केन्द्र खोल्ने भनेको निकै खर्चिलो हुन्छ ।
एउटा व्यक्तिले केही साथीसँग मिलेर चलाउन साध्य लाग्दैन । यस्ता अनुसन्धान केन्द्र उद्योगपति, व्यापारीले खोल्ने पनि होइन । उनीहरूलाई लगानीको नाफा चाहिन्छ । अनुसन्धान केन्द्रमा गरेको लगानीबाट यति फर्किन्छ भन्ने हुँदैन । थुप्रै लगानी डुब्न पनि सक्छ । अनुसन्धान गर्दा ८०/९० प्रतिशत असफल हुन्छन् । त्यसमा करोडौं रुपैयाँ खर्च हुनसक्छ । हरेक देशमा भएको यही हो । यहाँ पनि हुनसक्छ । बाँकी १०÷१५ प्रतिशत सफल अनुसन्धानले देशलाई दीर्घकालमा फाइदा पुर्‍याउँछ । त्यसमा व्यापारी, उद्योगपतिले किन लगानी गर्लान् रु कसैले लगानी गर्छु भन्छ भने पनि टाट पल्टिन्छ । त्यसैले यो काम राष्ट्रले नै गर्ने हो । राष्ट्रले जीडीपीको निश्चित प्रतिशत छुट्याएर गर्ने हो।’
तर, हाम्रो सरकारले त्यसो गर्ने छाँट ल्याएन । मैले अहिलेको सरकारलाई मात्र दोष दिन खोजेको होइन । अहिलेसम्मका कुनै पनि सरकारले गरेन । २००७ सालमा राणा शासन गएदेखि अहिलेसम्मको कुनै पनि राजा, प्रधानमन्त्री, योजनाविद् कसैले पनि देशको प्रतिभालाई देशमै राख्नुपर्छ र अनुसन्धानमा जोड दिनुपर्छ भन्ने सोचेनन् । सरकारले नगरेपछि जनस्तरबाट भए पनि गरौं भनेर हामीले सुरु गर्‍यौं । यसो गरेर सरकारको बेइज्जत गरेको होइन । यो सरकारलाई सोच्ने समय दिइएको हो । सरकारले सोच्दै, बुझ्दै गरोस्।
जनस्तरबाट हामीले आविष्कार केन्द्र खोलेर सानोतिनो काम भए पनि गरेर देखाऔं । पाँच÷दस वर्षसम्म गरेपछि सरकारले पनि देख्ला अनि यसलाई महत्व देला भनेर थालेका हौं । त्यसैले राष्ट्रिय आविष्कार केन्द्र खोल्न खोजेको हो ।
केन्द्रका लागि महादान अभियान सुरु गरेका हौं । महादान अभियान सुरु गर्नुको उद्देश्य आविष्कार खोल्न होइन, यसलाई दिगो बनाउन हो । हामीले अहिले ५० करोड रुपैयाँको लक्ष्य राखेर यो अभियान सुरु गरेका छौं । ५० करोड रुपैयाँ जम्मा गरेर हामीले खर्च गर्ने होइन । खर्च गर्ने हो भने त दुईतीन वर्षमा सकिन्छ । हामीले यो रकम लगानी गर्ने हो।
लगानी गरेर आउने नाफाबाट आविष्कार केन्द्र सञ्चालन गर्ने हो । लगानी गर्ने क्षेत्र अहिले हामीले हाइड्रोपावर सोचेका छौं । ५० करोडको लगानीले १० मेगावाटसम्मको हाइड्रोपावर स्थापना गर्न सकिन्छ । त्यसबाट वार्षिक २५ देखि ३० करोड नाफा हुन्छ, त्यसले आविष्कार केन्द्र राम्रोसँग सञ्चालन गर्न सकिन्छ । यतिले मात्रै पुग्दैन । एउटा आविष्कार केन्द्रले मात्र सबै गर्ने होइन । यत्तिले मात्र विकास हँुदैन । सुरुआत हुनेछ । यसका लागि सबैसँग सहयोग मागिरहेछौं ।
सहयोग माग्दा धेरैले पैसा माग्यो, चन्दा माग्यो भन्ने सोच्नुहुन्छ । चन्दा उठाएको भन्दा मलाई दुःख लाग्छ । म त्यसको खण्डन गर्छु, मैले चन्दा उठाएको होइन । हामीलाई ‘दान’ चाहिएको हो । त्यो दान मलाई होइन, राष्ट्रलाई चाहिएको हो । राष्ट्रका लागि गरिने हरेक सहयोग दान हो । त्यो दान आर्थिकमात्र हुँदैन । हामीले तीन किसिमले दान गर्न सकिन्छ भनिरहेका छौं।
सबैभन्दा पहिला त हामीले बुद्धिको दान मागिरहेका छौं । बुद्धिको दानभन्दा ठूलो दान अरू हुन सक्दैन । आविष्कार केन्द्र भर्खर सुरु हुँदैछ । यसबारे हामीलाई केही थाहा छैन, किनभने अहिलेसम्म चलाएकै छैन । यसलाई कसरी बनाउने, सञ्चालन कसरी गर्ने, कसरी उत्पादन गर्ने आदिबारे बुद्धि चाहिएको छ । यसका लागि बुद्धिको दान मागिरहेका छौं । एकदुईजनाको बुद्धिले मात्र पुग्दैन । दोस्रो आर्थिक दान भइहाल्यो । तेस्रो हामीले समयको दान मागिरहेका छौं।
एक्सपर्टहरूसँग हामीले समयको दान मागिरहेछौं । नयाँनयाँ प्रतिभाले अनुसन्धान गर्दा मेन्टरिङ चाहिन्छ । मेन्टरिङ गर्ने त विशेषज्ञहरूले हो । देशविदेशमा बस्ने विशेषज्ञहरूसँग समयको दान मागेका छौं । आमजनताले पनि समयको दान गर्न सक्छन् । यो राष्ट्रिय अभियान हो । यसलाई हरेकको ढोकाढोकामा पुर्‍याउनुपर्छ । यसलाई सञ्चारमाध्यमले प्रचार गरेरमात्र पुग्दैन । हरेकले दिनको एक घन्टामात्र यसबारे अर्कोलाई बताउन छुट्याए पनि त्यो समयको दान हुनेछ । धेरैले ५० करोड जम्मा गर्न धेरै समय लाग्छ भन्नुहुन्छ । हामी सबैले समयको दान गर्ने हो भने धेरै समय लाग्नेछैन । एक लाख नेपालीले पाँच हजारमात्र दिए भने पनि बीस करोड जम्मा हुन्छ।

केन्द्रको उद्देश्य के हो? कुन क्षेत्रमा केन्द्रित हुनेछ?

विभिन्न बहुराष्ट्रिय कम्पनीहरूका पनि अनुसन्धान केन्द्र हुन्छन् । ती केन्द्रहरू निश्चित विषयमा हुन्छन् । हामीले भनेको आविष्कार केन्द्र राष्ट्रको लागि हो । राष्ट्रका लागि एक क्षेत्रको आविष्कारले मात्र पुग्दैन । खोज भनेको केवल विज्ञान, प्रविधिको मात्र हुँदैन । राजनीतिको पनि खोज हुन्छ । हामीलाई सबैभन्दा बढी खोज पर्यटनमा चाहिएको छ । अहिलेसम्म हामीले जति भने पनि १० लाखभन्दा बढी संख्यामा पर्यटक भित्याउन सकेका छैनौं । सिंगापुरको उदाहरण हेर्ने हो भने त्यहाँको जनसंख्याभन्दा तीन गुणा बढी पर्यटक जान्छन् । हामीलाई कृषिमा पनि नयाँनयाँ खोज चाहिएको छ ।

अहिलेसम्म के कति काम भयो त?
अहिलेसम्म त गफमात्रै भएको छ । चार वर्ष त नेताहरूको ढोका ढक्ढक्याउँदैमा बित्यो । तर, केही नगरेको भने होइन । हाम्रो बोर्ड मिटिङले एउटा नियम बनाएको छ । उठेकोमध्ये १० प्रतिशत रकम कतै न कतै लगानी गर्ने । फेरि हामी आफैंले सबै खोज गर्ने होइन । केन्द्रले खोज गर्ने, युवाहरूलाई सहयोग गर्ने हो । अहिले तीनचारवटा खोजमा सहयोग गरिरहेका छौं।
केही युवा गाउँगाउँमा औषधि पुर्‍याउने मेडिकल ड्रोन बनाउन लागिपरेका छन् । इलेक्ट्रिक रिक्साको ब्याट्रीलाई अझ गुणस्तरीय बनाउन पनि अनुसन्धान भइरहेको छ । तीनचारजना युवा बच्चा जन्मेपछि राखिने इन्कुवेटर कसरी गाउँगाउँमा राख्न सकिन्छ भनेर खोज गरिरहेका छन् । एकजना युवाले जनकपुरबाट फोन गरेर धान काट्ने मेसिन बनाइरहेको जानकारी दिए । उनलाई पनि केन्द्रले सहयोग गरिरहेको छ । एक युवाले प्यारालाइसिस भएको मानिसमा यन्त्र जोडेपछि उनले मनमा सोचेको म्यासेज जाने एप्स बनाउन खोजिरहेका छन् । त्यसका लागि पनि सहयोग गरिरहेछौं । हामीले सकेसम्म सबै खोजकर्तालाई सहयोग गर्ने हो।
१. उठेको रकममध्ये १० प्रतिशत कतै न कतै लगानी गर्छौं ।
२. खोज गर्ने युवालाई केन्द्रले सहयोग गर्छ ।
३. केही युवा गाउँगाउँमा औषधि पुर्‍याउने मेडिकल ड्रोन बनाउन लागिपरेका छन् ।
४. इलेक्ट्रिक रिक्साको ब्याट्रीलाई अझ गुणस्तरीय बनाउन पनि अनुसन्धान भइरहेको छ ।
५.एक युवाले प्यारालाइसिस भएको मानिसमा यन्त्र जोडेपछि उनले मनमा सोचेको कुरा म्यासेज जाने एप्स बनाउन खोजिरहेका छन्।
६. मैले किन दिनु झापड, झापड त सरकारले पो मलाई दिएको छ ।
अहिले हामीले स्थान खोजिरहेछौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एउटा बिल्डिङ खाली छ, हामीले उपलब्ध गराउनु पर्‍यो भनेको, उहाँहरू हिच्किचाई रहनुभएको छ । नास्टमा पनि एउटा भवन रहेछ । मागेका छौं । सोच्छौं भन्नुभएको छ । अनुसन्धान केन्द्र काठमाडौंमा मात्र बनाएर पुग्दैन । मिलेसम्म जो जहाँ छ, उसलाई त्यहीँ अनुसन्धान गर्न सहयोग गर्ने हो।

सरकारले हालै दिएको डेढ करोड के गर्ने?
यो कुरा पत्रिकामा निस्किएपछि धेरैले बधाई पनि दिए । फेसबुकबाट बधाई दिनेको पनि ओइरो लाग्यो । तर, मैले उनीहरूको जवाफमा ‘यो पैसा पाइन्छ भन्नेमा म विश्वास गर्दिनँ’ भनेर जवाफ लेखेको छु । किनकि योभन्दा अगाडि मलाई धेरैपटक साह्रै नराम्रोसँग झुक्याइएको छ । मन्त्रीले भनेर होस् वा बजेटमा छुट्याएर, मैले चारपटकसम्म बल्ड्याङ खाइसकेको छु । यो त डेढड करोडको कुरा हो । तत्कालीन अर्थमन्त्री डा। रामशरण महतले योजना आयोगमा पारित गरेर, अर्थ मन्त्रालयमा बजेट छुट्याई बजेट भाषणमै ५० करोड दिने कुरा त हराएर गयो । अरू पनि यस्ता उदाहरण धेरै छन् । चार वर्षसम्म म त्यत्तिकै झुक्किएको होइन नि।
लाटोजस्तो मान्छे म, अर्काले जे भन्यो त्यही पत्याउने । अस्तिको घोषणा सही होला तर चार वर्षसम्म नराम्रोसँग धोका खाएकाले हुन्छ भन्ने शतप्रतिशत ग्यारेन्टी छैन । योचाहिँ हाम्रा उद्योगमन्त्री नवीन्द्रराज जोशीको मप्रतिको सद्भावनास्वरूप उहाँको मनमा जागेर गरेको काम हो । मैले उहाँको नाम सुनेको र मैले उहाँलाई चिनेको पनि थिइनँ । उहाँले मलाई बोलाएर कसरी मद्दत गर्न सकिन्छ भनेर आफ्नै छेउमा राखेर सोध्नुभयो । अहिलेसम्म कुनै पनि मन्त्रीले मलाई बोलाएर सँगै राखेर के गर्न सकिन्छ रु भनेर सोधेका थिएनन् । मैले सरकारसँग मागेको १० मेगावाटको हाइड्रोपावर बनाउन चाहिने ५० करोड हो।
उद्योग मन्त्रालयले त्यो रकम दिन नसक्ने भएकाले मैले उहाँलाई तपाईंहरू के दिन सक्नुहुन्छ दिनुस् भनेर आएको थिएँ । हाम्रो प्रयासप्रतिको उहाँको सद्भावका लागि धन्यवाद भन्छु । आयो भने के गर्ने भन्ने कुरा पछि गएर बोर्ड बैठकले निर्णय गर्ला । तर, उहाँले यति नगरेको भए रिसचाहिँ धेरै उठ्थ्यो । किनभने मलाई भिखारीजस्तो ठानियो । म माग्न गएको आफ्नो लागि होइन, देशको लागि हो।

महादानको अभियानलाई सफल बनाउन ठोस योजना के छन् त?
कुनै एउटा योजना वा ढाँचा बनाएर यो अगाडि बढेको छैन । यो महादान स्वेच्छाले राष्ट्रका लागि गर्ने काम हो । बिनास्वार्थ गरिने यो काम अरू कामजस्तो योजना बनाएर गर्ने होइन । मैले आजसम्म कसैलाई एउटा पनि तरिका बताएको छैन । हजारौं मानिसका हजारौं तरिका हुन सक्छन् । आफ्नो हिसाबले जे जस्तो गर्न सकिन्छ गर भन्ने गरेको छु । कसैले पिकनिक, कसैले सांस्कृतिक कार्यक्रम र भैलो, कसैले फुटबल खेलेर त कसैले फुटसलबाट पैसा उठाउने अनि विभिन्न अवसरमा आफ्नो हिसाबले सहयोग गर्ने गरेका छन्।

चार वर्षको अवधिमा कसले बढी चित्त दुखाए त?
बढी चित्त दुखाउने राजनीतिज्ञ नै हुन् । डा. रामशरण महतले यो गर्नुपर्ने कुरा हो, म गर्छु भनेर २०७०÷७१ को बजेटमा ५० करोड छुट्याउनु भयो । बजेट भाषणमै रकम छुट्याएपछि म पनि ढुक्क भएँ । भदौसम्म कुरेँ । असोजको अन्तिममा अर्थमन्त्रीकहाँ गएर सोध्दा उहाँले ुकार्यविधि बनाएपछि अगाडि बढ्ने भएकाले कर्मचारीलाई बनाउन लगाएको छुु भन्नुभयो । चैतसम्म पनि त्यो कार्यविधि बनेन।
पटकपटक भेट्दा बन्दैछ नआत्तिनु भन्नुभयो । जेठ महिनाको अन्तिमतिर कार्यविधिको एउटा ड्राफ्ट मलाई उनीहरूले ईमेलमा पठाए । म केही नजान्ने मान्छेले काम भए भयो, ड्राफ्टजस्तो भए पनि हुन्छ भनेँ । तर पछि भेट्न जाँदा उहाँले मलाई कर्मचारीले ड्राफ्ट फाइनल गर्ने कामै गरिदिएनन् भन्नुभयो । तपाईं मन्त्री भएर कर्मचारीलाई दुई हप्ता वा एक महिना समय दिएर यति समयभित्र मेरो टेबुलमा आउनुपर्छ भनेर किन भन्न सक्नुभएन भन्ने प्रश्न गर्दा उहाँले ुभनेर मात्रै कहाँ काम गर्छन् भन्ने जवाफ दिनुभयो । मन्त्रीले यति भनेपछि काम नगर्ने कर्मचारी दोषी की मन्त्री दोषी त रु दोषी मन्त्री नै हो । काम नगर्ने कर्मचारी हटाएर अर्कोलाई राख्नु पर्‍यो नि।

हाइड्रो प्रोजेक्ट कस्तो हुन्छ र कति समयपछि फाइदा हुन्छ ?

नेताहरूले मलाई यो नबनाउनस् भन्नुभएको थियो । यहाँसम्म कि पूर्व मुख्य सचिव लीलामणि पौडेलले समेत किन हाइड्रोपावर बनाउनुहुन्छ, आविष्कार केन्द्र खोलेर चलाउनुस् न भन्नुभएको थियो । देशमा लोडसेडिङ भएकाले त्यसलाई कम गर्न वा आयस्रोत बनाउन मैले हाइड्रोपावर खोल्न खोजेको होइन । आयसम्बन्धी विचार आओस् भनेर नै सबैलाई बुद्धिको दान गर्नुस् भनेको हुँ । एउटा साथीले नेपालमा भएको खानी दर्ता गरेर त्यसलाई आयस्रोत बनाउन सकिन्छ भनेकाले मैले ती जियोलोजिस्ट साथीहरूलाई खानी खोज्ने जिम्मा दिएको छु । हरेक क्षेत्रलाई समेट्न खोज्दा एउटा महासागरमा छिरेजस्तो लागिरहेको छ।

खर्चको पारदर्शिता कसरी हुन्छ त?
यो महासागर नै हो । महासागरमा हामफालेको छु, कहाँ पुगिन्छ थाहा छैन । २०६९ सालमा यो कुरा पहिलोपटक प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई भन्यौं । उहाँले यो राम्रो कुरा हो, म पनि रिटायर भएपछि यही संस्थामा काम गर्छु भन्नुभयो । गर्नेमात्र भनेर भएन, उपाय निकालिदिनुस् भन्दा उहाँले अर्थमन्त्री वर्षमान पुनलाई बोलाएर यसलाई के गर्नुपर्छ, हेर्नुस् भन्नुभयो।
पूर्वमन्त्री पुनले तत्कालीन सचिव कृष्णहरि बास्कोटालाई भनेर चारजना सहसचिवको समूह बनाउन लगाउनुभयो । जसरी हुन्छ सरकारले यसमा सहभागी भएर काम गरोस् भन्ने मेरो चाहना थियो । उहाँहरूले चार राउन्डको मिटिङ बसेर एउटा खाका कोरेर, राष्ट्रिय अनुसन्धान केन्द्रलाई मुनाफारहित संस्थाका रूपमा कम्पनी ऐनमा दर्ता गराउनुभयो ।
सरकारले पनि यसमा काम गर्न मिल्छ र, यो स्वतन्त्र हुने भएकाले कसैको दबाब हुँदैन भनेर प्रबन्धपत्र र नियमावली बनाएर दर्ता गरियो । यो बनाउँदा नाम के राख्ने भनेर उहाँहरूले सोध्नुभयो । साथीहरूसँग सल्लाह गरेर यसको नाम राष्ट्रिय आविष्कार केन्द्र राखियो । त्यसपछि उहाँहरूले पाँचजना बोर्ड सदस्यको नाम माग्नुभयो । भोलि अर्बौंको कारोबार हुनसक्ने देखेर आर्थिक पारदर्शिताका लागि रामेश्वर खनाललाई सहभागी हुन प्रस्ताव गरेँ ।
उहाँले पहिले अस्वीकार गरे पनि मैले यो कसरी सञ्चालन गर्ने भनेर स्ट्रकचरमात्रै बनाइदिनु पर्‍यो भनेपछि मान्नुभयो । अहिले यसको खाका बनाउँदै हुनुहुन्छ । पैसा बढ्दै गएपछि यसलाई सञ्चालन गर्न एउटा चार्डर्ट एकाउन्टेन्ट चाहियो भनेर हरिकुमार सिलवाललाई पनि समेटिएको छ । अहिले उहाँहरू दुवैलाई आर्थिक पाटोको जिम्मा दिइएको छ । उहाँहरूले बनाएपछि राम्रो बनाउनुहुन्छ भन्ने विश्वास छ।

यसबारे ओलीसँग कुरा भयो कि भएन त?

ओलीजीलाई भेट्ने भनेर सोचेको पनि थिइनँ तर भेट्नु पर्‍यो । माघ महिनाको एक दिन विष्णु पौडेलजीको पीएले फोन गरेर अफिसमा बोलाउनुभयो । तपाईंले यस्तो राम्रो काम गर्नुभएको छ, के गर्न सकिन्छ, हामी गर्छौं । हामीलाई होमवर्क गर्ने समय दिनुस् । म तपाईंलाई फोन गर्छु भन्नुभयो । चैत महिनामा म गएर उहाँलाई फेरि सम्झाउँदा हामी होमवर्क गर्दैछौं, केही कुरा आइसक्यो, केही आउन बाँकी छ भन्नुभयो ।
तपाईं जेठ १५ सम्म पर्खनुस्, म बजेटमा ल्याउँछु भन्नुभयो । मन्त्रीले भनेको कुरामा हुन्न भन्नु भएन । तर, जेठ १५ को भाषण सुन्दा त्यसमा केही आएन । अनि केपी ओलीजीकहाँ जानु पर्‍यो भनेर गएँ । त्यहाँ पुगेर आफ्नो अवधारणा राखेँ । यो कुरा अर्थमन्त्रीज्यूले बजेटमा ल्याउँछु भन्नुभएको थियो, आएन भनेँ । पछि उहाँले यो राम्रो विचार हो, यसलाई सहायोग गर्नुपर्छ भन्नुभयो।
उहाँले भनेअनुसार मैले पाँच दिनपछि १५ पेजको प्रपोजल बनाएर ओलीजीलाई दिएँ । उहाँले आफ्ना सल्लाहकारलाई बोलाएर दिँदै 'यो कुरा मन्त्रालयमार्फत आए कर्मचारीले गर्न दिँदैनन्, म क्याबिनेटमा लगेर त्यहाँबाट पास गराउँछुु भन्नुभयो । त्यही हो मेरो उहाँसँगको अन्तिम भेट । पछि मचाहिँ गइनँ, मेरा साथीहरूले फलोअप गरे । अन्तिममा असार २८ गते उनीहरूले यो काम नहुने भयो भने । मैले के फरक पर्छ र भनेर महादान अभियान घोषणा गरिदिएँ ।

केन्द्रलाई आफ्नो जग्गा दिने निर्णय र तक्मा बेच्ने कुरा कहाँ पुग्यो?
मैले जग्गा दान गरेँ भन्दा यसले धेरै जोडेको रहेछ भन्ने सोच्छन् होला । त्यो जग्गा सन् १९९६ मा मैले एउटा साथीसँग मिलेर प्रतिरोपनी नौ हजार रुपैयाँमा लिएको हुँ । त्यति बेला नै भोलि केही सामाजिक काम गर्छु भनेर किनेको हुँ, सम्पत्ति जोड्न होइन । अमेरिका बस्ने साथीले समेत मेरै नाममा गरिदिएको २८ रोपनी क्षेत्रफलको उक्त जग्गा आविष्कार केन्द्र खोलेपछि यसलाई दिन्छु भनेको हुँ ।
त्यो जग्गा शान्त ठाउँमा भएकाले आविष्कार केन्द्रका लागि उपयुक्त छ । राम्रो पैसा आयो भने त्यहाँ एउटा सेन्टर बनाउने सोच छ । मेडलको कुरा गर्दा धेरैले यो सरकारलाई झापड दिन खोज्यो भन्छन् । मैले किन दिनु झापड, झापड त सरकारले पो मलाई दिएको छ नि । रिसराग गर्ने मेरो चलन छैन । म आवेशमा पनि आएको होइन, संस्थालाई अपमान गरेको पनि होइन, झापड पनि दिएको होइन । त्यो अनुत्पादक वस्तुका रूपमा कोठाको कुनामा बसिरहेकाले, उत्पादनमूलक बनाउन म्यागसेसे संस्थालाई मेल पढाएर बेच्ने इच्छा देखाएँ।
खासमा यो पदक उनीहरूले नै किन्छन् कि भनेर पनि मैले त्यसो गरेको थिएँ । तर, उनीहरूले त्यो तिमीले जसरी प्रयोग गर्छौं गर भनेपछि मैले दुई महिना अगाडि फेसबुकमा बेच्ने कुरा राखेँ । बिक्री हुन नसकेपछि गत हप्ता ठमेलमा डिस्प्लेमा राख्दा अमेरिकाबाट आएको भाइले उतै लगेर बेच्छु भनेर लग्यो । ऊ चार दिनअगाडि पुगेकाले बेचिसकेको भने छैन । यो बेच्ने भनेपछि बीबीसीले बिहान ६ बजे लिएको अन्तर्वार्ता सुनेर चितवनकी तारा बराल बहिनीले बेच्नु हुँदैन भन्नुभयो । मैले बेच्ने भनेपछि बोली फर्काउने कुरा आउँदैन । तर कसैले फेरि नेपालमै किन्न चाहन्छ भने त्यो फर्केर आउँछ।

एक रुपैयाँले गर्‍यौं महावीरको तक्माको बैना
तारा बराल, केन्द्रीय सदस्य, उपभोक्ता अधिकार संरक्षण मञ्च१४ गते बिहान मैले बीबीसीमा महावीर पुनको अन्तर्वार्ता सुनेँ । दुई महिना अघिदेखि ठमेलमा मेडल बेच्न राखेको र नबिकेपछि अमेरिका पठाउन लागेको सुनेर मलाई एकदमै औडाहा भयो । भरसक यो मेडल अमेरिका जान नपाउँदै रोक्न पाए हुन्थ्यो भन्ने लागेर उहाँलाई मुस्किलले सम्पर्क गरेँ । नाइट बसमै काठमाडौं आएर भोलिपल्ट उहाँलाई लगनखेलमा भेटी सबै कुरा बुझेँ । नेपालीले यो मेडल राख्यो भने अनिश्चित मूल्य हुनसक्छ भनेर सम्झाएँ ।
पहिले मलाई के लाग्थ्यो भने महावीर पुनजस्तो अन्तर्राष्ट्रिय पुरस्कार पाएको मान्छे, फ्रस्टेसनका कारण पागल भएर पो यस्तो निर्णय गरे कि । उहाँलाई भेटेर मनशाय बुझ्छु र काठमाडौंका हरेक मिडियामा यो कुरा पुर्‍याउँछु भनेर यहाँ आएँ । उहाँसँग कुराकानी गरेँ । उहाँको जस्तो कुरा त कुनै पनि नेताले बोल्न जान्दैनन् । उहाँले पुरस्कृत भएका दिनदेखि आजसम्म गर्न चाहेका कुरामा निरन्तरता दिन पाएको भए अहिलेसम्म धेरै कुरा सफल पारिसक्नुहुन्थ्यो होला।
उहाँले मेडल बेचेको कुरालाई म पनि सराहना गर्छु । तर, हामीले हेरेर बस्नु भएन भन्ने मेरो सोच हो । जसरी हुन्छ, यो मेडललाई पहिले नेपाल फर्काऊँ अनि उहाँको काम सफल पार्न देशव्यापी अभियान चलाऊँला । सबै जुट्यौँ भने सरकारलाई पनि दबाब दिन सक्छौं । उहाँलाई खर्चकै कारण नअड्काइदिऊँ । उहाँलाई आजैदेखि गर्न दिउँ र हेरौं न त, के के गर्नुहुँदो रहेछ । मैले तपाईंलाई नेपाली भनेर चिनेको हो, तपार्इंले नि आज हामीलाई नेपाली भनेर चिनिदिनुपर्छ । सारा नेपालीको नाममा कागज गरेर, म उहाँलाई आज बैनास्वरूप न्यूनतम एक रुपैयाँ दिन्छु । त्यसपछि हामी सबै मिलेर उहाँको अभियानलाई सफल पारौं।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply