Ticker

6/recent/ticker-posts

यमनमा हैजाका कारण मृत्यु हुनेको संख्या ७ सय ९८ पुग्यो

यमन, जेठ ।
द्वन्द्वग्रस्त मुलुक यमनमा हैजाको महामारी फैलिएको छ । गत अप्रिल २७ यता यमनमा हैजाका कारण ७ सय ९८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
गम्भीर प्रकृतिको महामारीका कारण अहिलेसम्म एक लाखभन्दा बढी प्रभावित भएको संगठनले जनाएको छ । यमनका २२ मध्ये १९ प्रान्तमा महामारी फैलिएको छ ।
यमनका हैजाका कारण पछिल्लो समय प्रत्येक घण्टा कम्तिमा एक जनाको ज्यान जाने गरेको छ । दुई वर्षदेखि सरकारी सेना र हुथी बिद्रोहीबीच भइरहेको युद्धका कारण यमनको स्वास्थ्य, खानेपानी तथा सरसफाइ व्यवस्था पूर्णरुपले ध्वस्त भएको छ ।
हैजाबाट प्रभावित हुनेमा बढी बालबालिका रहेको र उनीहरुको अवस्था निकै दयनीय बन्दै गएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

Post a Comment

0 Comments