Ticker

6/recent/ticker-posts

प्रधानमन्त्री चयनको निर्वाचन भोलीःदेउवाको पक्षमा झण्डै दुई तिहाइ सांसद

काठमाडौ, जेठ ।
प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा झण्डै दुई तिहाइ मत पुगेको छ । नौ दलले समर्थन गर्दा उनको पक्षमा ३ सय ८८ मत जुटिसकेको छ । संसदमा अहिले ५ सय ९३ सदस्य छन् । दुई तिहाइका लागि ३ सय ९६ मत आवश्यक पर्छ । देउवाको पक्षमा दुई तिहाइ पुग्न अब ८ मत मात्रै कम छ ।
देउवाको पक्षमा रहेका दलहरु
नेपाली कांग्रेस– २०७ सांसद
नेकपा माओवादी केन्द्र– ८२ सांसद
राप्रपा– ३७ सांसद
संघीय समाजवादी– १५ सांसद
लोकतान्त्रिक फोरम– १७ सांसद
नेकपा संयुक्त– ३ सांसद
समाजवादी जनता पार्टी– १ सांसद
अखण्ड नेपाल– १ सांसद
राजपा नेपाल– २५ सांसद
तर,नेकपा एमालेको संसद अबरोधका कारण हिजो हुने भनिएको प्रधानमन्त्रीको चयन हुन सकेन् । भरतपुर मतगणनाको विषयलाई लिएर एमालेले संसद अबरोध गर्ने जनाउ दिएपछि बैठक नै नबसि सुचना टाँसेर संसद बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ । मंगलबार दिउँसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।

Post a Comment

0 Comments