Ticker

6/recent/ticker-posts

मेयर शाक्यद्वारा प्राकृतिक आयुर्वेद चिकित्सालयको उद्घाटन

काठमाडौं, असार । कोटेश्वरमा स्थापना गरिएको प्राकृतिक आयुर्वेद पोलिक्लिनिक (चिकित्सालय) को काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले शनिबार उद्घाटन गरे । नेपालमै पाइने जडिबुटीको सदुपयोग गरि उत्पादन गरिने आयुर्वेदिक औषधिको प्रर्वद्धनको लागि आफुले जोड दिने पनि उनले बताए । 
प्राकृतिक आयुर्वेद उपचार मार्फत सर्वसाधारणलाई सुलभ शुल्कमा रोग निदान र स्वास्थोपचार गर्ने उद्धेश्यले स्थापित सो चिकित्सालयले नसर्ने रोगहरु ग्यास्ट्रिक, पाइल्स, फिस्टुला, फिसर, अल्सर, अपच, झाडापखाला, कालाइटिसका साथै थाइराइड, मधुमेह, रक्तचाप, दम, जण्डिस लगायतका रोगको आयुर्वेद विधिद्वारा उपचार गरिने सो चिकित्सालयका सञ्चालक एवम् कविराज महेन्द्र बज्राचार्यले बताए । उनका अनुसार बज्राचार्य परिवार विगत ४ पुस्तादेखि प्राकृतिक आर्युेवद उपचारमा संलग्न रहेको छ ।

चिकित्सालयको साथै आफ्नै प्राकृतिक आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग पनि सञ्चालनमा रहेको र सो उद्योगलाई डब्ल्युएचओ जिएमपि अर्थात कुशल औषधि निर्माण संहितामा लैजाने तयारी गरिएको कार्यक्रममा सञ्चालक बज्रचार्यले बताए ।

चिकित्सालयको उद्घाटनका अवसरमा शनिबार एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिवीरको आयोजना गरिएको थियो । शिवीरमा डा.नवीन झा, डा.निर्मला सुवाल, डा.ममता पोखरेल, डा.गीता केसी र कविराज मनोजकुमार गिरीले स्वास्थ्य सेवा दिएका थिए । शिवीरमा तीनसय साठीजनाको निःशुल्क स्वास्थ्य परीक्षण गरि आयुर्वेदिक औषधि वितरण गरिएको सञ्चालक बज्राचार्यले बताए । 

नेपाल आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा.शंकरप्रसाद पौडेल, कोटेश्वर व्यवसायी संघका अध्यक्ष सरोज केसी, हिमालय कलेजका प्रिन्सिपल रामहरी सिलवाल तथा चिकित्सालयका सञ्चालक महेन्द्रराज बज्राचार्य लगायतले बोलेका थिए ।  

Post a Comment

1 Comments