Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, जेठ ।
सत्तारुढ दलले राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा सहभागी गराउन प्रयास तिव्र पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले राजपाको अध्यक्ष मण्डलका नेतासँग छलफल गरिरहेका छन् ।
बैठकमा राजपाले भनेजस्तो संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्ने सम्भावना नरहेको र पटकपटक सारिएको चुनावको मिति अझै सार्न नसकिने भएकाले राजपाका बाँकी माग पूरा गर्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।
सत्तारुढ दलका नेताहरुका अनुसार मधेश आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा, घाइतेको उपचार खर्च र मुद्दा फिर्ता लिने लगायतका विषयमा लचिलो हुने सत्तापक्षले तयारी गरेको छ । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बरु चुनावै बिथोल्ने बताउँदै आएको राजपाका नेतालाई पनि चुनावमा भाग लिन पार्टीभित्रै र बाहिरबाट पनि दबाब बढ्दै गएको छ ।
राजपा बाहेकका सवै पार्टीले चुनावको तयारी तीब्र पारिसकेको र २० वर्षपछि हुन लागेको स्थानीय स्तरको चुनाव हुन नदिनु आफ्नो क्षेत्रको विकास विरोधी काम हुने भएकाले माग पूरा गर्न सरकारलाई थप प्रतिबद्ध बनाएर चुनावमा माग लिनुपर्ने दबाब राजपाभित्र पनि बढ्दै गएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply