Ticker

6/recent/ticker-posts

ट्रम्पले भनेः‘अमेरिकाको आग्रहमा कतारसँग सम्बन्ध विच्छेद भएको हो’

एजेन्सी, जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरुले कतारसँगको सम्बन्ध बिच्छेद आफ्नो आग्रहका कारण गरेको प्रष्ट पारेका छन् । साउदी अरबको भ्रमणका क्रममा रहेका राष्ट्रपति ट्रम्पले कतार अतिवादी बिचारधारातर्फ उन्मुख रहेको कतारसँग कुनै कूटनीतिक सम्बन्ध नराख्न आफूले आग्रह गरेपछि सम्बन्ध बिच्छेद गरिएको दावी गरेका हुन् ।
कतारविरुद्ध खाडी मुलुक एक हुन प्रेरित गरेकैले उनीहरुले सम्बन्ध तोडेको उनको जिकीर छ । क्षेत्रीय स्थिरतालाई खलल पुर्‍याएको आरोपमा ६ अरबी मुलुक र माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । सम्बन्ध तोड्ने मुलुकहरुमा साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स र यमन छन् ।
कतारले इजिप्टको मुश्लिम ब्रदरहुडलगायत आतंककारी समूहलाई समर्थन गरेको यी मुलुकको आरोप छ । साउदी सरकारी समाचार एजेन्सी एसपीएले रियादले कतारसँगको सीमा बन्द गरेको जनाएको छ । यसैबीच ट्रम्पले मध्यपूर्वको अस्थीरताको जिम्मेवारी इरानले लिनुपर्ने पनि बताएका छन् ।

Post a Comment

0 Comments