Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, जेठ ।
उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध र दबाबको बेवास्ता गर्दै पुनः क्षेप्यास्त्र परीक्षण गरेको छ । बिहीबार बिहानै उत्तर कोरियाले एकै पटक चारवटा क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । छोटो दुरीका ती क्षेप्यास्त्र दक्षिण कोरियालाई निशाना बनाउने क्षमताको रहेको संचारमाध्यमहरुको भनाइ छ ।
अमेरिकी रक्षा अधिकारीले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेका छन् । ती अधिकारीका अनुसार गांगवोन प्रान्तको तटीक्ष क्षेत्र वोनसनबाट चारवटा क्षेप्यास्त्र परीक्षण गरिएको हो । ती क्षेप्यास्त्र करिब एक सय २४ माइलको दुरीमा खसेको जनाइएको छ ।
पाँच साताभन्दा कम अवधिमा उत्तर कोरियाले चौथो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply