Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी 
‘माफियाहरु देश घेर्दै, ६०१ के हेर्दै ?’ देशका जल्दाबल्दा समस्यामा करीव ३ करोड नेपाली जनताको प्रतिनिधित्व गरेर संसदमा पुगेका ६०१ जना सांसदहरुले जनताको पक्षमा आवाज बुलंद नपारेको भन्ने सन्देश शनिबार राजधानीको विरोध र्यालीले दिएको छ । 


जनताको मागलाई सम्वन्धित ठाउँमा उठाएर समयमै सम्बोधन गर्ने जिम्मेवारी बोकेका ६०१ जना सांसद हुँदाहुँदै पनि जनपक्षीय चिकित्सा शिक्षा क्षेत्रका केही बुँदा माग पनि सम्बोधन गर्न नसकेको बरु उल्टै ती क्षेत्रका ‘माफियाको चंगुलमा सांसदहरु फसेको’ भनेर शनिबार निकालिएको र्यालीका सहभागीले ती सांसदको खोजी गरेका थिए । 

जनताले दुईछाक कटाएर तिरेको करबाट ६०१ सांसदलाई भत्ता दिएतापनि काम नगरेको भन्दै रयलीका सहभागीले ‘सांसदलाई भत्ता, चिकित्सा शिक्षा ऐन वेपत्ता’ समेत लेख्न भ्याएका थिए ।

चिकित्सा शिक्षा क्षेत्रका विकृतिको अन्त्यको माग गर्दै साउन ९ गतेदेखि आमरण अनसनमा बसेका त्रिविवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीको समर्थनमा विवेकशील साझा पार्टीले शनिबार राजधानीमा विरोध र्याली आयोजना गरेको थियो  । 

मेडिकल शिक्षामा लगानी गरेका सीमित लगानीकर्ताका कारण सर्वसाधारण जनताका छोराछोरीले सस्तोमा मेडिकल शिक्षा पढ्न नपाएको, मेडिकल जनशक्ति उत्पादन गर्ने पुरानो त्रिविवि शिक्षण अस्पतालमा बढ्दो राजनीतिकरणका कारण सँधैजसो गलत व्यक्ति नियुक्त हुने गरेको परिपाटीको अन्त्यका लागि डा. केसी ११ पटक आमरण अनसनमा बस्न परेको छ । 

डा.केसीको माग सम्बोधन गर्न सरकारले केहीदिन अघि गठन गरेको सरकारी वार्ता टोली र डा.केसीको पक्षका चिकित्सकहरुवीच शुक्रबार वार्ता भएपनि विना निश्कर्ष वार्ता टुंगिएको थियो । 

मेडिकल शिक्षामा देखिएका विकृतिको अन्त्यका लागि माथेमा आयोगले यसअघि सरकारलाई दिएको सुझावलाई आधार मानेर चिकित्सा शिक्षा ऐन फास्ट ट्याकबाट भएपनि तत्काल पारित हुनेपर्ने डा. केसीको माग रहेको छ । सो ऐनमा संसदमा दफावार छफल भईसकेता पनि अहिलेसम्म पारित हुन सकेको छैन । 

पहिलोपटकको आमरण अनसन बसेकै समयमा सरकारले डा.केसीको माग सम्बोधन गरेको भए उनले अहिलेको ११ औं पटकको आमरण अनसन बस्न पर्दैनथ्यो भन्दै र्यालीका सहभागीहरुले ६०१ सांसदको खोजी गरेका हुन  । ‘सीमित मेडिकल माफियाको कारण एकजना डाक्टरले पटकपटक अनसन बस्नु मुलुकका लागि कम्ती लाजमर्दाे कुरा होइन’–र्यालीमा सहभागी स्वास्थ्यकर्मी मोहन श्रेष्ठ भन्दै थिए । 

सकारात्मक वार्ताको लागि सरकारलाई दवाव दिन र डा.केसीको अनसन यो पटकदेखि अन्त्य हुनुपर्छ भन्ने माग सहितको सो रयालीमा मेडिकल माफियाको पुत्ला बनाई त्यसलाई बाँसमा बानेर शंख घण्ट बजाउदै लगिएको थियो । ‘माफियाहरु देश घेर्दै, ६०१ के हेर्दै ?’ ‘डा.केसीको अनसन, मेडिकल माफियालाई टेन्सन’, सांसदलाई भत्ता, चिकित्सा शिक्षा ऐन वेपत्ता, एक, दुई तीन, चार हामी मान्ने छैनौं हार, ‘माफियाको मिशन, सिटामोलमा कमिशन’, ‘देश यसरी चल्दैन, व्यापारीले सर्वाेच्चलाई नि टेर्दैन’ लगायतका नारा समावेश थियो ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, पार्टीका पदाधिकारीहरु, चिकित्सक, विदार्थी, त्रिविविका कर्मचारी तथा डा.केसीका सर्मथक सर्वसाधारण सहितको सो र्याली माइतीघर मण्डलाबाट शुरु भई संसद भवन नयाँ बानेश्वर बाहिर पुगेर अन्त्य भएको थियो । ह्विलचियरमा विरामी सहितको सो र्यालीका सहभागीले डा.केसीको माग जायज रहेको र मेडिकल क्षेत्रमा माफियाको जालो रहेको उल्लेख थियो । 

फास्ट ट्रयाकबाट पारित गर्न छलफल

यसैबीच डा.केसीको मागलाई सम्बोधन गरि संसदबाट छिटो अर्थात फास्ट ट्याकबाट मेडिकल शिक्षा विधेयक पारित गराउन स्वास्थयमन्त्री गिररीाजमणी पोखरलेलले शिक्षामन्त्री गोपालमान श्रेष्ठ तथा संसादको महिला, वालवालिका तथा सामाजकल्याण समितिकी अध्यक्ष रञ्जु झासंग छलफल शुरु गरेको बताइएको छ । 

पोखरेल शिक्षामन्त्री हुँदा सो विधयेक मन्त्रीपरिषदबाट पास भईसकेको र संसदमा प्रतिपक्षसमेतको सुझाव लिएर फास्ट ट्याकबाट सो विधेयक यथाशिघ्र पारित गराउन अहिले उनले नै पहल गरेको बताइएको छ । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply