Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन । नेपाली हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजलाई लक्षित गरी विभिन्न गायक–गायिकाहरुले तीज विशेष गीत बजारमा ल्याएका छ । अरु समयमा चलनचल्तीका गायक–गायिकाहरुका गीत सार्वजनिक भइरहेका बेला तीजको मेसोमा कहलिहएका गायक गायिकामात्र नभएर सञ्चारकर्मी पनि यो स्थानमा उभिएका छन् । 

अहिले सञ्चाकर्मी अनिता विन्दु तीज विशेष गीत ल्याएर चर्चामा छिन् । नेपाल टेलिभिजनकी लोकप्रिय सामाचार वाचिका तथा नेपाल पत्रकार महासंघ उपाध्यक्ष अनितालाई तीजको रौनकले निकै छोएको उनको गीतमार्फत बुझिएको छ ।  आमाले दिएको फुलि हराएपछि उनले तीजमा फुली हरायो भन्दै गीत मार्फत आफनो विलौना पोखेकि छिन् ।

हरेक वर्ष तीजका गीतबाट सांगेतिक भेट गर्दै आएकि अनिता विन्दुले आफनै स्वरमा लोकनाथ सापकोटाको शब्द तथा लयमा ‘प्यारो माइती’ नामक एल्बम बजारमा ल्याएकी हुन् । पेशाले नेपाली पत्रकारितामा स्थापित अनिता सांगीतिक क्षेत्रबाट पनि आफ्नो परिचय स्थापित गर्ने दाउमा रहेकी छन् ।  

गायन आफ्नो रुचीको अर्को विषय पनि भएको अनिताले बताइन् । अनिताको यो नै पहिलो एल्बम भने होइन, उनले यस अघि पनि तीजकै अवसर पारेर विभिन्न गीति एल्बम बजारमा ल्याइसकेकी छन् । यही वर्ष अर्की सञ्चारकर्मी कल्पना भण्डारीले पनि तीज गीत बजारमा ल्याएकी छन् । 

सञ्चारकर्मी अनिता विन्दुले यो वर्ष ल्याएको तीजको गीत ‘प्यारो माइती’ यस्तो छ हेर्नोस् भिडियो 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply