काठमाडौं, साउन । निर्माता तथा कलाकार करण क्रेजी यतिबेला अष्ट्रेलियमा रहेका छन् । नेपाली चलचित्रमा सम्भावना बोकेका करण क्रेजीले दर्जनौं चलचित्रमा अभिनय गर्नुका साथै विभिन्न चलचित्रहरु निर्माण गरेका छन् ।
पहिलो चलचित्र जवाफ हुँदै ॐ जञ्जिर लगायत थुप्रै सम्झन योग्य चलचित्र निर्माण गरेका करण अहिले अस्ट्रेलियामा हर्के हल्दारको छायांकनमा व्यस्त रहेका छन् । यसका अलाव उनले त्यहाँ विभिन्न म्यूजिक भिडियोमा समेत व्यस्त रहेको बताएका छन् ।
उनी यतिबेला अष्ट्रेलियाको सिड्नीमा गीतको सुटिङमा व्यस्त छन् । निशा देसारको स्वरमा रहेको ‘मनभरि तानाबाना’ बोलको गीतको छायाँकनमा नै उनी ब्यस्त रहेका छन् । उनको साथमा मोडल रमिला अधिकारीले अभिनय गरेकी छन् । उक्त गीतको म्युजिक भिडियोको निर्देशन मनोज अधिकारीले गरेका छन् ।
गीतको म्युजिक भिडियोलाई श्री पराजुलीले आकर्षक तरिकाले क्यामेरामा कैद गरेका छन । ‘गुमनाम’ एल्बमको यो गीतमा गैह्रे सुरेशको संगीत र प्रदिप चापागाईको शब्द रहेको छ । गीतको म्युजिक भिडियो राम्रो हुने र सबैलाई मन पर्ने करण बताउछन् ।
‘चाहे स्वदेश होस् या विदेश एउटा कलकारका लागि कलाकारिता नै सबैभन्दा ठूला कुरा हो, करणले भने– ‘अष्ट्रेलियामा पनि नेपाली गीतमा व्यस्त हुन पाएकोमा खुशी छु ।’ उनले थपे– ‘स्वदेशमा भन्दा विदेशमा झन कलाकार र कलाकारिताको महत्वबोध बढी भएको छ, त्यसैले पनि म विदेशमा आएर पनि बढी व्यस्त बनेको हुँ ।’
अब यसै साता नेपाल आउने तयारीमा रहेका करणले स्वदेश फर्किएपछि चलचित्र क्षेत्रमै क्रियाशील रहने बताए ।
0 Comments