Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं, साउन ।  बाबुआमाको लागि सबैभन्दा ठुलो सम्पत्ति भनेकै उनीहरुका सन्तान हुन । बाबुको लागि भन्दा पनि आमाको लागि त सन्तानको माया कति लाग्छ भनेर अहिलेसम्म कसैले पनि खुट्टयाउन सकेका छैनन । आफ्ना छोराछोरी साङ्ग हुन या अपाङ्ग, दृष्टिवीहीन हुन या वहिरा, लुला लङ्गडा हुन या अशक्त (शारिरीक रुपमा अपाङ्ग) । उनीहरुको अनुहार मात्रै देख्दा पनि बाबुआमाको खुसीले सीमा नाघ्छ । 

बाबुआमा आफ्ना छोराछोरीलाई मुटुको टुक्रा सरह मान्छन । छोराछोरीलाई चोट लाग्दा घाउ लागेका छोराछोरीलाई भन्दा बाबुआमालाई अझै बढी दुख्छ । छोराछोरीको चोटपटकमा दुख्ने आमाबाबुले आफ्ना छोराछोरीको मृत्युको त कल्पना नै गर्न सक्दैनन । आफुले जन्माएको छोरो लडाईमा मर्दाको व्यथालाई समेटेर लोकगायक झलकमान गन्धर्वले त एउटा चर्चित लोकगीत नै गाएका छन ‘बाबा रुन्छन नि वर्षदिन, आमा बरै जुनीभरीलाई ।’

यस्तो माया गर्ने बाबुआमामध्ये केही बाबुआमा अहिले आफ्ना छोराछोरीको शारीरिक अवस्थादेखि निकै पीडामा छन । उनीहरुको भविष्य सम्झेर कहिलेकाँही डाँको छोडेर रुन्छन । अनि आफैं सम्हालिन्छन र भन्छन, ‘यो सन्तान हामीभन्दा अगाडि नै मरेदेखि यसले सुख पाउँथ्यो कि बरु ?’

शल्यक्रिया गरी आमाको गर्भबाट निकाल्दा पाटन अस्पतालको लापरवाहीका कारण कम्मर (कटी) को नशा काटिएका वालक मविष उमेरले किशोर भईसकेका छन् । उनका समकक्षी यतिखेर १२ कक्षा उतिर्ण गरि स्नातक पढीराखेका छन् । तर पाल्पा चिर्तुङ्गधारा घर भई अहिले भक्तपुर बस्दै आएका विष्णु र मन्जु बस्यालका १८ वर्षे छोरा मविष जन्मेदेखि नै ओछ्यानमै छन । उनको आँखाले मात्रै केही भनेजस्तो गर्छ, नत्र अरु शारीरिक प्रतिकृया केही छैन । डाइपरमै दिसापिसाव गर्छन । दैनिक बाबुआमाले झोलिलो खानेकुरा बनाएर खुवाउने गर्छन । आफुहरु काममा जाँदा अपाङ्ग छोरालाई कोठाभित्र थुनेर जानुपर्ने वाध्यता १८ वर्षदेखि जारी छ । 


‘हामीलाई यसको (अपाङ्ग छोराको) भविष्यको चिन्ता बढी छ । हामीभन्दा पहिलै यो गयो भने हामी चित्त बुझाउन सक्छौं, तर हामी पहिला मरेर यो बाँच्यो भने यसलाई कसले हेर्ला ?’ मविषपछिको साङ्ग कान्छो छोरा १५ वर्ष टेकिसकेको छ । बाबुआमाले जस्तै भाई र भविष्यमा आउने बुहारीले उसलाई हेर्छ भन्ने बाबुआमा दुवैमा विश्वास छैन । 

मन्जु र विष्णुलाई मात्रै हैन, सुर्यविनायक नगरपालिका वडा नं ७ की २५ वर्षिया सरस्वती वाग्लेको अवस्था १८ वर्षिय मविषको भन्दा खासै फरक छैन । जन्मिदाँ स्वस्थ देखिएपनि त्यसकोे केही महिनादेखि नै सुस्तमनस्थिति भएकी छोरीलाई आफु मेलापातमा जाँदा डोरीले बाँधेन भने कौसीबाट लडेर दाँत नभाचिएको दिनैै हुँदैन । उनका अगाडिका चारवटा दाँत झरिसकेका छन भने लडेर हातगोडामा पटकपटक चोट लागिसकेका छन । 

बाबुआमा हरेराम र गौरी वाग्लेको जति उमेर बढ्दै जान्छ, उनीहरुको चिन्ता अरु छोराछोरीभन्दा तिनै सुस्तमनस्थिति भएकी छोरीको बढी लाग्ने गर्छ । र भन्छन–‘हामीभन्दा अघि नै यो छोरी मरेदखि मर्नेबेलामा हाम्रो सास सजिलै जान्थ्यो कि ।’ छोरीकै स्याहारसुसार र चिन्ताको कारण छोरीलाई छोडेर आमा गौरी माइती नगएको २५ वर्ष पुरा भएको छ । 

सानोठिमीकै अर्की आमा आफ्नो १४ वर्षे अपाङ्ग छोराको भवष्यिप्रति त्यतिकै चिन्तित छिन, आफ्नो दुःख लुकाउन उनी प्रायःजसो भोजभतेर र रमझममा सहभागी हुने गर्छिन । भन्छिन–‘घरमा बस्यो कि छोराको अनुहार देखेर मन भारी भएर आउँछ, बरु बाहिर गएर उसको अनुहार बिर्सिने प्रयास गर्छु । ’ 

उता पत्रकार विन्दुकान्त घिमिरेका छोरा आविश्कारको अवस्था पनि उस्तै छ, पाटन अस्पतालकै लापरवाहिका कारण जन्मेदेखि नै छोराको शारिरीक अवस्था विग्रेकोमा उनी र उनकी पत्निमा अनावश्यक चिन्ता थपिएको १४ वर्ष भईसक्यो । पीडा खप्नु वाहेकको विकल्प उनीहरुसंग छैन । ‘सद्धे सन्तानको भन्दा यसको बढी माया र चिन्ता लाग्छ’–घिमिरे दम्पत्ति भन्छन । 

बस्याल, वाग्ले र घिमीरे त प्रतिनिधि पात्र मात्रै हुन । मुलुकभरी शारिरीकरुपमा पुर्ण अशक्त र अपांगता भएका छोराछोरीको संख्या ५० हजारभन्दा बढी रहेको बताइन्छ । सरकारले पुर्ण अपांगता भएका व्यक्तिलाई मासिक २ हजार रुपैया भत्ता दिएर पन्छिने बाहेक उनीहरका बाबुआमालाई उनीहरुको अन्यौलपुर्ण भविष्यको चिन्ताबाट मुक्त गर्ने विषयमा अहिलेसम्म रत्तिभर सोचेको छैन । 

शारिरीक रुपमा अपाङ्ग र अशक्त सन्तानको चिन्ता राज्यले नलिई बाबुआमाले मात्रै लिनुपरेकोमा त्यस्ता सन्तानका बाबुआमा गुनासो गर्दै भन्छन ‘के यस्ता नागरिकको संरक्षण र रेखदेख गर्ने जिम्मा सरकारको होइन’, ‘हामीले कसलाई गुनासो गर्ने ?’


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply