Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

‘यथाशिघ्र करिडोर बनाउनुपर्ने’
बलराम प्यासी
काठमाडौ । गत केही महिनादेखि भक्तपुरबाट कोटेश्वर हुँदै काठमाडौ आउने सडकको कौशलटार, लौहकिल्थली, मनोहरापुल, जडिबुटी र कोटेश्वरसम्म सवारीको लामो लामका कारण दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ । यतिखेर कोटेश्वरको जामले कलंकी–नागढुंगाको जामलाई मात गरेको छ । 


सो सडकमा सवारी आवागमन सुचारु गर्न नसक्दा एकमहिना अघि महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक भगीरथ रेग्मीसहितको टोलीलाई नै त्यहाँबाट सरुवा गरेको थियो । तथापि नयाँ टोली पठाएतापनि कोटेश्वरको जाम अहिलेसम्म हल हुन सकेको छैन । 

ट्राफिक प्रहरीको अक्षमताकै कारण त्यो सडकको सवारी सुचारु हुन नसकेको हो त ? बढ्दो र अव्यवस्थित सवारी साधन र कौशलटार, लौहकिल्थली हुँदै काठमाडौ आउने अर्काे वैकल्पिक सडक भएतापनि छिचोल्ने चौडा पुल नभएका कारण मूल सडकको जाम घटन नसकेको विषयमा भने सरकारले चासो दिएको पाइँदैन । 

मुलसडकमा जाम बढ्दा वैकल्पिक सडकको रुपमा प्रयोग बढेको लौहकिल्थली फाँट–जडिबुटी जोड्ने मनोहराको निलो पुल र लौहकिल्थली फाँट–इमाडोल जोड्ने हनुमन्तेको अर्काे निलो पुल हुँदै कोटेश्वर र बालकुमारीतर्फ जाने सवारी साधनको चापले अहिले भित्री सडक र पुलमा पनि जाम बढ्न थालिसकेको छ । 

त्यतिखेर सर्वसाधारणको आवातजावत र गाईवस्तु चराउन ल्याउन र खेतीपातिको उद्धेश्यका लागि भनेर २०६२ सालमा ती दुवै खोेलामाथि १२ फिट चौडा पक्कि पुल बनाई ‘निलो पुल’ नामाकरण गरिएको थियो । जडिबुटी, लौकहल्थिली, इमाडोल र टिकाथलीका स्थानीय वासिन्दाले नै चन्दा संकलन गरी पक्की निलो पुल बनाइएको थियो । जसले गर्दा जडिबुटी, लौहकिल्थली, टिकाथली र इमाडोल गाविसका सर्वसाधारणलाई आवतजावत गर्न निकै सहज बनेको थियो ।

१२ वर्ष अगाडी बनाइएको ती दुबै पक्कि पुल त्यतिखेरका लागि प्रयाप्त भएतापनि गतवर्षदेखि भने दुवै पुलमा दैनिकजसो सवारी जाम बढ्न थालेको छ । पछिल्लो १२ वर्षमा यी ठाउँमा नयाँवस्ती बढेको र सवारी साधन पनि अत्यधिक बढेका कारण चौडा पुलको आवश्यकता भएको हो ।  १२÷१२ फिट चौडाई भएका ती दुवै पुलमा एकतर्फिरुपमा एकपटकमा एउटा गाडी र एउटा मोटरसाइकलमात्रै आवतजावत गर्न सक्ने हुँदा सो पुलको दायाँबायाँ सडकमा लामो जाम हुन थालेको हो । 

यी दुवै खोलामा थप दुईवटा नयाँ पक्की पुलको माग गर्दै मनोहरा सम्पदा समाजले काठमाडौ जिल्ला विकास समितिलाई डेढवर्षअघि माग गरेकोमा त्यसको हालसम्म सुनुवाई नभएको कारण त्यहाँ नयाँ पुल बन्न नसकेको हो । समाजको तर्फबाट अध्यक्ष पदमकुमार रेग्मीले २०७२ मंसीर २९ गते काठमाडौ जिल्ला विकास समितिको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

समाजको तर्फबाट पुलको लागि निवेदन दिएको डेढवर्षसम्म मनोहरा र हनुमन्ते खोलामा चौडा पुल बन्न नसकेका कारण भक्तपुरबाट काठमाडौ ललितपुर जाने वैकल्पिक बाटो नहुँदा जाम बढेको अध्यक्ष रेग्मी बताउँछन । त्यसो त महालक्ष्मी नगरपालिका टिकाथलीका स्थानीय रोशन राना पनि यी दुई खोलामा तत्काल नयाँ पुल नबनाए मुल सडकको जामको समस्या हल नहुने दावी गर्छन । 


त्यतिमात्रै होइन कौशलटारबाट बालकोट हुँदै या हनुमन्तेको खोला किनारैकिनार ललितपुरको बालकुमारी पुलसम्म जोडने करिडोर सडक तत्काल नबनाएसम्म  कौशलटारसम्मको जाम घट्ने कुनै संभावना नभएको त्रिदेवीनगर, कोटेश्वरकी ज्योति बस्नेत बताउँछिन । यसैगरि मनोहरा, हनुमन्ते र बागमती किनार जोड्ने करिडोरलाई छिटै निर्माण गर्ने हो भने भक्तपुरबाट कोटेश्वर हुँदै पाटनर्फ या तिनकुने तर्फ जान कुनै समस्या नहुने बस्नेतको दावी छ । 

लौकहिल्थली फाँट, जडिबुटी र इमाडोल तिनै ठाउँ जोड्ने हनुमन्ते र मनोहरा खोलाको दोभानमा आर्क पुल बनाउने २ वर्षअगाडीको सरकारी योजना पनि त्यसै अलपत्र परेका कारण पनि निलो पुलमा अहिले समस्या जाम देखिएको हो । त्यसमा पनि केही समयदेखि जडीबुटी पुलदेखि मनोहरा किनारै किनार हुँदै बालकुमारी पुलसम्मको काठमाडौतर्फको करिडोर निर्माण अवरुद्ध भई वैकल्पिक सडक नबनेका कारण जामको समस्या हट्न नसकेको बताइन्छ । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply