Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन ।  गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र रुद्रले व्यावसायिक रुपमा सफलता हात पार्न थालेपछि निर्माण पक्षमात्र नभएर कलाकार ज्याक श्रेष्ठ पनि फुरुङ्ग भएका छन् । उनले अभिनय गरेका यसभन्दा अगाडिको चलचित्र पशुपतिप्रसाद, राधे व्यावसायिक रुपमा सफल भएसँगै पछिल्लो चलचित्र रुद्रले पनि सफलता कमाउन थालेपछि उनी फुरुङ भएका हुन् । 


ज्याकले अहिलेसम्म अभिनय गरेका सबै चलचित्रबाट चर्चा बटुलेका छन् । भूमिका सानो भए पनि दर्शकको नजरमा बस्न सफल भएकोमा उनी आफ्नो अभिनयबाट सन्तुष्ट बन्दै गएका छन् ।

निर्माता ज्याक श्रेष्ठ एकपछि अर्कोगर्दै अभिनयमा पनि उत्तिकै व्यस्त हुन थालेका छन् । चलचित्र क्षेत्रमा केही गर्नुपर्छ भनेर उनले चलचित्र शिवा निर्माण गरेका थिए । जुन चलचित्र प्रदर्शनको संघारमा रहेको छ । चलचित्र पशुपतिप्रसादमा सुन साउजीको छोटो भूमिकाबाटै दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका ज्याक सञ्चारकर्मी लक्ष्मण सुवदीको कमेडी चलचित्र लालजोडीमा पनि जमेका थिए । 

जति दर्शकले चलचित्र लालजोडीमा उनलाई हेरका थिए ती सबैले उनको अभिनयको तारिफ समेत गरको उनले बताए । त्यसपछि उनले सुशील पोखरेलको एक्सन चलचित्र राधेमा कमेडी पुलिसको भूमिकामा आफूलाई पर्दामा उतारे । राधेसँगै हालै प्रदर्शनमा आएको चलचित्र धनपतिमा पनि उनी देखिएका ज्याकको वास्तविक नाम भने राजु श्रेष्ठ हो । उनी विना ज्याक आफू चलचित्रमा धमाधम आइरहेका कारण आफूलाई राजु श्रेष्ठ भन्दा ज्याक भन्न रुचाउँछन् । 

आगामी चलचित्र पिंजडा व्याक अगेन र हिरोजमा पनि उनी देखिदैछन् । प्रायः निखिल उप्रेतीको चलचित्रमा निरन्तर देखिदै आएका श्रेष्ठ भन्छन्–‘मलाई अभिनयमा अझ सशक्त बनाउन निर्देशक दीपेन्द्र के खनाल र नायक निखिल उप्रेतीको ठूलो हात छ । उनीहरुकै साथ र सहयोगले मैले छोटो समयमै दर्जनौं चलचत्रिमा अभिनय गर्ने अवसर पाएको हुँ ।’ 

अर्को चलचित्र शिव द लिडरको निर्माण समेत गरिसको उनले बताएका छन् । ज्यानले साथ दिएसम्म नेपाली चलचित्र क्षेत्र र प्रिन्टिङ व्यवसायमा लाग्ने अठोटका साथ लागिपरेका कलाकार तथा निर्माता श्रेष्ठले छोटो समयमै चलचित्रमा ठूलो फड्को मारेका छन् । निकट भविष्यमा चलचित्र निर्माण र अभिनयलाई सँगसँगै लगेर चलचित्र क्षेत्रमै केही गर्ने सोचका साथ उनी अघि बढिरहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply