बाजुरा, साउन । बाजुरा जिल्ला नेपालको मानव विकास सुचांकमा सबैभन्दा पछि परेको जिल्ला हो । विकास निर्माण हिसाबले पनि पछि नै छ । शैक्षिक अवस्था पनि उस्तै हो ।
तर, पनि जिल्लाका हरेक विद्यालयमा बालमैत्री कक्षा सञ्चालन गर्ने हेतुले बालअधिकारका बोर्ड झुड्याएका पाइन्छन् र देखिन्छन् । नागरिक वडापत्र जस्तै सबैले छर्लङ्ग देख्ने गरी राखिएका यी बोर्डले बालबालिकाको अवस्थासँग तुलना गर्ने हो भने उनीहरुको उपहास हुन्छ । साक्षरता दर विस्तारै बढ्दै गए पनि अझै पनि विद्यालय जाने विद्यार्थीको दर न्यून छ ।
कोही पढाइ बीचमै छाडेर घरको कामकाजमा व्यस्त बन्छन् त कोही रोजगारीका लागि छिमेकी मुलुक भारत जाने गरेका छन् । विद्यालयका शिक्षकहरु भने हरेक शैक्षिक शत्रमा विद्यार्थी भर्ना दर बढाउने र नजिता पनि शत प्रतिशत ल्याउनका लागि खट्दै आएको बताउँछन् ।
यता, शैक्षणिक सामाग्री नहुँनु, विद्यालयमा विषयगत शिक्षक नहुनु, विषय शिक्षक भन्दा अरुलेले विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने वाध्यताका कारण विद्यार्थीहरुको नतिजा राम्रो आउन नसकेको अभिभावकहरुको गनासो छ ।
हेर्नोस् स्वामीकार्तिक उच्च मावीको यो भिडियो
0 Comments