Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १३ साउन ।  अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न गठित सरकारी वार्ता समितिले उनका माग सम्बोधन गर्न शुक्रबार वार्ता गर्ने भएको छ । वार्ता समितिले विहीबार साँझ  डा. केसीसँग भेटेर  दुई पक्षबीच आज पहिलो वार्ता गर्ने सहमति गरेको हो । 

आफ्ना पुराना माग यथावत राख्दै शिक्षण अस्पताल सुधारका थप मागसहित सोमबारदेखि डा. केसीले पुनः अनशन थालेपछि सरकारले त्यसप्रति चासो देखाएको हो । यसअघि त्रिभुवन विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पदाधिकारी, चिकित्सा शिक्षा अध्ययन शुल्क, मेडिकल कलेजको सम्बन्धन, आईओएमको स्वायत्ततालगायत विषयमा केन्द्रित उनका मागमा शिक्षण अस्पताल सुधारका सातबुँदे माग थपिएका छन्।

वार्ता आज दिउँसो ११ बजेपछि हुने समितिका सदस्य एवं प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनालीले बताए । ‘चार दिनदेखि अनशनरत स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । सरकारले बिहीबार उनका माग सम्बोधन गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । शिक्षासचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । प्रधानमन्त्री कार्यालयका सचिव मैनाली र स्वास्थ्यसचिव किरण रेग्मी सदस्य छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply