काठमाडौं,
१२ साउन । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरवहादुर
बलायरले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन आफू लागि पर्ने प्रतिवद्धता
व्यक्त गर्नु भएको छ ।
नवनियुक्त
मन्त्री बलायरले मन्त्रालयको कार्य सम्पादनका लागि आफू चौविसै घण्टा खटन
तयार रहेको पनि स्पष्ट पार्नु भयो । बुधबार अपरान्ह सिंहदरबारस्थित
मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उहाँले भन्नुभयो– ‘म धेरै ठूला कुरा
गर्दिन समय कम छ काम गरेर देखाउछु । पञ्चायत कालदेखी हत्केलामा जिन्दगी
राखेर हिडेको मानिस अब काम गर्ने वेला आयको छ काम गरेरै देखाउछु ।’

हिजोसम्म
सार्वजनिक यातायात र स्कुटरमा सवार गर्ने मन्त्री बलायरले यातायात
मन्त्रालयको जिम्मेवारी पाएसँगै यस क्षेत्रमा देखिने समस्याहरु
प्राथमिकताका आधार निराकरण गर्ने प्रतिवद्धता दोहो¥याए ।
को हुन् बलायर ?
०४६
सालको जनआन्दोलनताका वीरवहादुर बलायतर निकै चर्चित विद्यार्थी नेता थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवानिकट बलायर कांग्रेसको जिल्ला सभापति भए ।
०६४ सालमा टिकट पाए पनि उनले चुनाव जित्न सकेनन् । ०७० मा डोटी १ बाट
प्रत्यक्ष निर्वाचित भएका बलायर कांग्रेस केन्द्रीय सदस्य पनि हुन् ।
रमेश
लेखक र एनपी साउदहरुको दबदबा रहेको देउवा क्याम्पमा सुदूरपश्चिमबाट यसपटक
बलायरले मौका पाएका हुन् । प्रधानमन्त्री देउवाका साथै देउवा पत्नी आरजुको
पनि विश्वासपात्र रहेकाले बलायरलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी
दिइएको हो । डोटीको लाटामाडौंमा ०२२ साल भदौ ४ गते जन्मेका बलायर गणितका
विद्यार्थी हुन् ।
No comments: