सन्धुपाल्चोक, ९ साउन । भारी वर्षासँगै आएको बाढीले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगाएको छ । दुगुनाको डाँडा नै खस्दा लार्चाको पुल दुई टुक्रा भएर भास्सिएको छ ।
यसअघि गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको हाे । प्रहरीका अनुसार दुगुनाको ढिस्को खस्दा भोटेकोसी थुनिएको छ । जसका कारण आसपासका बासन्दी निकै तर्सित भएका छन । दुगुनाको भीरबाट पहिरो आइरहेका कारण कोदारी राजमार्गमा समेत क्षति पुगेको छ ।
कोदारी राजमार्गका दर्जनौ स्थानमा पहिरो खसिरहेको बेला थप लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको छ । भोटेकोशी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ ।
प्रहरीले दिएको जानकारी अनुसार, निरन्तर वर्षा परेसँगै आइतबार साँझ ७ बजेतिर ठूलो ढिस्कोसहितको पहिरो पुलमाथि खसेको थियो । पुल भत्किएपछि तातोपानी गाविसपट्टिका बासिन्दा जिल्लासँग एक्लिएका छन्।
No comments: