हाल दक्षिण कोरियामा रहेका प्रतिभावान युवा गायक प्रकाश बटालाले गाएकोे सिल्की कपाल बोलको गीतको म्युजिक भिडियो भर्खरै बजारमा आएको छ । ३ बर्ष अघि रोजगारीको सिलसिलामा इपीएस मार्फत दक्षिण कोरिया पुगेका कैलाली स्थायी घर भएका बटालाले शब्द तथा लय संकलन गरेको गीतमा बटाला स्वयम्ले नै स्वरवद्ध गर्नु भएको छ ।
म्युजिक भिडियोमा चर्चित मोडेल सरला थापा र रविशंकरले मोडलिङ गरेका छन् । रमेश संग्रौलाको संगीतमा सजिएको सो गीतको म्युजिक भिडियोको निर्देशन पनि संग्रौलाले नै गरेका हुन् । म्युजिक भिडियोलाई मुकेश हुमागाईले खिचेका छन् भने रविशंकरले कोरियोग्राफ गरेका हुन् । साथै अनिलकुमार महर्जनले भिडियोको सम्पादन गरेका हुन् ।
भिडियोको गीतमा पूर्वको धार्मिक स्थल पाथीभरा र पश्चिमको उग्रतारालाई समेटिएको छ । दार्चुलाको अपि हिमाल र कैलालीको घोडाघोडी तालको समेत चर्चा गरिएको छ । यसका साथै गीतमा माया पिरतीका कुरा देखि लिएर सुदुरपश्चिमको ठुलो शहर धनगढीमा घरजम गर्ने सपना पनि बुनिएको छ ।
गायक प्रकाशका अनुसार म्युजिक भिडियो आफूले सोचेभन्दा पनि राम्रो बनेकोले गीतले स्रोता तथा दर्शकको सहजै मन जित्ने विश्वास व्यक्त गरेका छन् । म्युजिक भिडियोलाई दर्शकहरुले युट्युवमा सजिलै हेर्न सक्नुहुनेछ ।
0 Comments