Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन । ‘पूवी नेपाल विकास सहकार्य केन्द्र जापान’ले पूर्वी नेपालका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्दै आएको छ । संस्थाले हालै खोटाङ जिल्लाको ३ वटा स्कुलहरु श्री ज्योति माध्यमिक बिद्यालय जलपा–४, पञ्चकन्या माध्यमिक बिद्यालय, श्री बालोदय आधारभूत बिद्यालय चिसापानी–४ खुटा नाटेपानी शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । 


गते शनिबार काठमान्डौमा एक कार्यक्रमको आयोजना गरी बिद्यालयका प्रधानआध्यापक तथा शिक्षकहरुलाई विद्यालयलाई आवश्यक पर्ने भौतिक सामग्री सेतोपाटि, मार्कर, डस्टर तथा केही आर्थिक रकम मसेत सहयोग हस्तान्तरण गरेको हो । 

आयोजक संस्थाका अध्यक्ष सुभाष लोहनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमूख अतिथि खोटांग जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने सभाषद बिशाल भट्टराइ, बिशेष अतिथि सभाषद सरस्वती वजिमय, अथितिहरु खोटांग सेवा समाजका अध्यक्ष राकेस राई, असहाय तथा जरुरत मानबिय सहायता नेपालका उपाध्यक्ष भगवती रोका, कानागावा नेपाली समाज जापानका प्रतिनिधि बिमल घिमिरे, बिद्यालयका प्रतिनिधि हिरालाल राई र सोम प्रसाद खडका, बिजेस कटवाल, हेम राज कार्की, बाजिन्द्र बिष्ट र अन्य संघ संस्थाका समाजसेवीहरु हुनुहुन्थ्यो । 


कार्यक्रमको संचालन बिशाल रोकाले गर्नु भएको थियो भने स्वागत मन्तब्य पूर्बी नेपाल बिकास सहकार्य जापानका सदस्य गणेश बिष्टले राख्नु भएको थियो । साथै ज्योति माध्यमिक बिद्यालय जाल्पामा केहि समय अघि भएको आगलागीबाट भौतिक संरचना नष्ट भएकोले उक्त बिद्यालयलाई पुन निर्माणको लागी जापानिज येन ४० हजार  बराबरको नेपाली नगद अध्यक्ष लगायत सम्पूर्ण अथितिहरुबाट संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । 

संस्थाले आफ्नो स्थापनाको छोटो समयमा हालको एक नम्बर प्रदेशका पूर्बी जिल्लाहरुमा सेतोपाती बितरण तथा अन्य सामाजिक कार्यहरु गर्दै आएको जानकारी यस संस्थाका अध्यक्ष     सुभाष लोहनीले जानकारी दिनुभयो ।  विदेशमा रहेर आफ्नो श्रमबाट कमाएको रकमबाट केही बचाएर आफ्नो गाउ ठाउ लाई सहयोग गर्नु भएका नेपालीहरुको यस संस्थाको अति सर्हानिय कार्य भएको भन्दै प्रमुख अतिथित लगायतलेका संस्थाको कामप्रति मुक्तकण्ठले प्रसंसा गर्नुभएको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply