काभ्रे, २८ असार । जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन एवं न्युनीकरणबारे जानकारी गराउने उद्देश्यले काभ्रेको धुलिखेलमा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । ५ दिनसम्म सञ्चालन हुने तालिममा सरकारी, गैह्रसरकारीक्षेत्र, पत्रकार, अभियानकर्ता तथा विभिन्न जिल्लाका ४० जना सहभागी छन । सबल कार्यक्रम र समुदायमा आधारित वन सहजकर्ता सञ्जालको आयोजनामा शुरु भएको तालिममा जलवायु परिवर्तन अनुकूलनका अभ्यास, कानुनी तथा नीतिगत व्यवस्थाबारे छलफल हुनेछ । साथै विपद् जोखिम न्युनीकरणमा भैरहेका पहल बारे सहभागीहरुलाई जानकारी गराइने आयोजक संस्थाका अध्यक्ष भोला खतिवडाले जानकारी दिनुभयो ।
नेपाल जलवायु परिवर्तनको अति जोखिममा रहेको र असर समुदायमा बढी पर्ने भएकाले तालिम थालिएको सबल कार्यक्रमका वरिष्ठ व्यवस्थापक मानबहादुर विकले जानकारी दिनुभयो । विपद्को बेला भएकाले न्युनीकरणका लागि मानवीय स्रोत व्यवस्थापनका लागि दक्ष प्रशिक्षक आवश्यक पर्ने भएकाले तालिम दिएको उहाँको भनाई छ । तालिममा विपद् जोखिम न्युनीकरणबारे विज्ञ सुनिलसन शाक्य, जलवायु परिवर्तन अनुकूलनबारे विज्ञ प्रदीप बूढाथोकी, जनसंख्या तथा वातावरण मन्त्रालय, संघीयमामिला तथा स्थानीय विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालयका उप र सहसचिवले सम्बन्धित विषयमा भैरहेका काम, नीतिगत व्यवस्था लगायतबारे प्रशिक्षण दिनेछन् ।
विश्वका १ सय ९८ मुलुकमध्ये नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औं, पानीजन्य प्रकोपका हिसाबले ३०औं, जलवायुजन्य जोखिमका हिसाबले चौथो स्थानमा छ । तालिम पश्चाद् सिकेका उपलब्धि भोलिका दिनमा सम्बन्धित जिल्लामा गएर चलाउन सकिने भएकाले तालिममा सहभागी भएको सहभागीहरुले जनाएका छन । तालिम शनिबार सम्पन्न हुनेछ ।

0 Comments