Ticker

6/recent/ticker-posts

नेपालले आज आयोजक युएईको सामना गर्दै

काठमाडौं, ३१ असार । एएफसी यू–२३ च्याम्पियनसिप फुटबलको छनोट चरण अन्तर्गत नेपालले आज आयोजक युएईको सामना गर्ने भएको छ । नेपालले आफ्नो पहिलो खेल युएईसँग नेपाली समयानुसार राति ८ः१० बजे अल आइन सहरको ताहनोन मोहमद बिन रंगशालामा खेल्दैछ । 

प्रतियोगिताका लागि नेपाली टोली पूर्ण तयारी अवस्थामा रहेको प्रशिक्षक राजुकाजी शाक्यले बताए । त्यस्तै, नेपाली टोलीले आफ्नो दोस्रो खेल सोमबार उज्वेकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल विहीबार लेबनानसँग खेल्नेछ । नेपाली टोलीको कप्तानी विमल घर्ती मगरले सम्हालेका छन् ।

 एएफसी च्याम्पियनसिपको समूह ‘डी’मा रहेको नेपाल छनोट चरणको खेलका लागि विहीबार युएई प्रस्थान गरेको थियो । विजयी लक्ष्यसाथ मैदानमा उत्रिन लागेको नेपाली टोलीका लागि गर्मी बाधक बन्ने देखिएको छ । 
नेपालको हावापानी भन्दा युएईको हावापानी अत्यधिक गर्मी भएका कारण खेलाडीहरुलाई केही असहज हुने पक्कै छ । तर, पनि नेपाली खेलाडीले गर्मीका बाबजुद पनि खेल निकै नै राम्रो खेल्ने कप्तान विमल घर्तीमगरले जनाए । विहीबार युएइ पुगेको नेपाली खेलाडीले विहीबार र शुक्रबार अभ्यास गरेका थिए ।

‘कुलिङ ब्रेक’को व्यवस्था
 यु–२३ च्याम्पियनसीप छनोटको खेलमा कुलिङ ब्रेक दिइने भएको छ । यूएईको अध्याधिक गर्मीका कारण कुलिङ ब्रेक दिन लागिएको नेपाली टोलीका व्यवस्थापक सञ्जिव मिश्रले जानकारी दिएका छन् । यूएईको तापक्रम ४१ डिग्रीभन्दा माथि रहेकोले च्याम्पियनसिपका सबै खेलमा कुलिङ ब्रेक दिइने बताइएको छ । कुलिङ ब्रेक एउटा खेलमा दुई पटक दिइनेछ । पहिलो ब्रेक ३० र दोस्रो ७५ मिनेटमा दिइने बताइएको छ ।

Post a Comment

0 Comments