पहिलो हाफमा ४–० ले पछि रहेको नेपालले दोस्रो हाफमा १ गोल खाएको हो । युएईसँग नेपालले ३३ वर्षपछि खेलेको हो । सन् १९८४ मा एशियन कप छनोटमा एक पटक युएई र नेपाल आमनेसामने भएका थिए । त्यसबेला नेपाल युएईसँग ११–० गोलले अन्तरले पराजित भएको थियो । प्रतियोगिताको समूह डिमा रहेको नेपालले सोमबार उज्वेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ । अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटवल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनलको लागि छनोट हुनेछन् ।
0 Comments