नेपालको र चिनिया विद्यालयवीच सम्झौता
काठमाडौ । नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारवीच केही महिनाअघि वान बेल्ट, वान रोड नीति मा सम्झौता भएपछि यसलाई स्थानियस्तरमा पनि विस्तार गर्न थालिएको छ ।
काठमाडौ । नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारवीच केही महिनाअघि वान बेल्ट, वान रोड नीति मा सम्झौता भएपछि यसलाई स्थानियस्तरमा पनि विस्तार गर्न थालिएको छ ।
जसअनुसार काव्य स्कुल नयाँबानेश्वर र मित्रराष्ट्र चीनको राजधानी बेइजिङ्गको एउटा सामुदायीक विद्यालयबीच मित्रताको सम्वन्ध गाँसिएको छ भने बेइजिङ्गकै अर्काे नीजि विद्यालयवीच भगीनी सम्वन्ध कायम भएकोछ ।

बेइजिङ्ग इन्टरनेशनल चाइनिज कलेज (बिआईसिसी) तथा हान बान चाइना संस्थाको आयोजनामा काव्य स्कुलबाट दुईजना संस्थापक निर्देशक चीन भ«मणमा गएका थिए ।
काव्य स्कुल नयाँबानेश्वर र बेइजिङ्गको सामुदायीक विद्यालय फांकाओदी इन्टरनेशनल स्कुलबीच मित्रताको सम्वन्धको सम्झौता भएको हो भने बेइजिङ्गको अर्काे नीजि विद्यालय डे स्टार एकेडेमी स्कुलवीच भगीनी सम्वन्धको सम्झौता भएको काव्य स्कुलले आइतबार जनाएको छ ।

यसैगरि दुबै देशका विद्यालयवीच चिनिया र अंग्रेजी भाषा शिक्षणमा सहयोग गर्ने, दुबै देशका विद्यालयवीच शिक्षण विधि, प्रविधि, पाठ्यक्रम, शैक्षिक सामाग्री आदानप्रदान गर्ने, दुबै देशका विद्यालयवीच शैक्षिक विकास र वृत्ति विकासका लागि मिलेर काम गर्नेलगायतका कुरा उल्लेख छन ।
यसैगरि भगीनी सम्वन्ध कायम गरिएको नीजि विद्यालय डे स्टार एकेडेमी स्कुलवीच पनि यस्तै खालका वुँदामा सम्झौता गरिएको छ । काव्य स्कुलका संस्थापक निर्देशक धर्मेन्द्रप्रकाश राजभण्डारीले सामुदायीक विद्यालय फांकाओदी इन्टरनेशनल स्कुल बेइजिङ्गसंग र अर्का संस्थापक निर्देशक सुनिल कुमार घर्तीले बेइजिङ्गको नीजि विद्यालयसंग लिखित सम्झौता गरेका थिए । सोही नीति अनुसार काठमाण्डौको काव्य स्कुलका साथै दक्षिण कोरिया, हंगेरी, रसिया, इण्डोनेशियाका विद्यालयका प्रिन्सिपलहरु पनि बेइजिङ्ग पुगेका थिए ।
0 Comments