Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर,  साउन । महिनावारी रोकिएका या विभिन्न कारणले पाठेघर झिकेर फ्याँकेका महिलाहरुको लागि नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेलले अब हरेक हप्ता नियमितरुपमा निःशुल्क स्वास्थ्य जाँच सेवा शुरु गर्ने भएको छ । 

महिनावारी रोकिएपछि महिलालाई उच्च रक्तचाप, मुटु, क्यान्सरलगायत विभिन्न रोग लाग्नसक्ने संभावना भएकोले ती रोगबाट समयमै महिलाहरुलाई जागाउने उद्धेश्यले अस्पतालले महिलाहरुको लागि निःशुल्करुपमा सो सेवा शुरु गर्न लागेको हो । 

नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको पहलमा वरिष्ठ क्यान्सर विशेषज्ञ तथा ‘मेनोपउजल सोसाइटी अफ नेपाल’ (मेसन) का पदाधिकारी एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञहरुको शनिबार सम्पन्न छलफल कार्यक्रमपछि भदौदेखि सो सेवा शुरु गर्ने निर्णय गरेको हो ।

अस्पतालका कार्यकारी अध्यक्ष एवम वरिष्ठ क्यान्सर विशेषज्ञ डा. मदनकुमार पिया तथा मेसनकी निर्वाचित अध्यक्ष डा.सुशिला श्रेष्ठसहितको विशेषज्ञ टोलीले सो सेवा शुरु गर्ने तयारीका विषयमा शनिबार छलफल गरेको थियो । 

छलफल कार्यक्रममा सो अस्पतालका अध्यक्ष डा.पिया, प्रवन्ध निर्देशक श्यामकृष्ण जोशी, मेशनकी अध्यक्ष एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.सुशिला श्रेष्ठ (प्रेसिडेण्ट इलेक्ट) डा.अचला वैद्य,डा.गणेश दंगाल, डा.जेराज बराललगायतको सहभागिता थियो । 

विशेष गरी महिनावारी रोकिएका ४० देखि माथिका उमेरका महिला हुन् या विभिन्न कारणले पाठेघर झिकेर फयाँकेका जुनसुकै उमेरका विवाहित महिला हुन् उनीहरुको स्वास्थ्य सम्वन्धी अनगिन्ती गुनासोलाई मध्यनजर गर्दै स्त्रीरोग विशेषज्ञहरुको सहकार्यमा अस्पतालमा निःशुल्क सेवा शुरु गर्न लागेको अस्पतालका कार्यकारी अध्यक्ष डा.पियाले बताए । 

डा.पियाका अनुसार भदौदेखि हरेक हप्ता विहान १० देखि १२ बजेसम्म सो अस्पतालमा त्यस्ता महिलाहरुलाई निःशुल्क सेवा दिने र त्यससंग सम्वन्धित अन्य प्रयोगशाला सेवामा पनि छुट दिने तयारी भईरहेको छ । ती विरामीलाई आवश्यक पर्ने औषधि छुटमा विक्री वितरण गर्ने विषयमा पनि छलफल भएको डा.पियाले बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply