Ticker

6/recent/ticker-posts

नेपालले फिल्डिङ रोज्यो, छनोट हुन जित्नै पर्ने दबाब

काठमाडौं, ९ साउन । आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल जारी रहेको छ । दोश्रो राउण्डको दोश्रो खेलमा नेपालले मलेसियाविरुद्ध टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको छ।

यी दुइ टोलीबिचको पछिल्लो खेलमा नेपाल ५ विकेटले विजयी रहेको थियो। त्यस खेलमा नेपालले मेल्सियालाई ५८ रनमा अलआउट गरेको थियो। त्यसयता नेपालले अफगानिस्तानसँग ठुलो अन्तरको हार व्येहोरीसकेको छ। मलेसिया भने अझैपनि प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ।

खेलका लागि प्रशिक्षक बिनोद दासले पछिल्लो खेलबाट ३ परिवर्तन गरेका छन्। ललित नारायण राजबंशीको ठाउँमा शाहब आलम फर्किएका छन् भने रिजन ढकालले पवन शर्राफको स्थान लिएका छन्। आसिफ शेखको स्थानमा आदील खान आएका छन्।

नेपाल अंक तालिकामा दोश्रो स्थानमा छन् भने मलेसिया पुछारमा रहेको छ। अंक तालिकामा नेपालको ४ खेलमा ६ अंक छ भने मलेसियाले कुनै अंक जोड्न सकेको छैन। शीर्ष स्थानमा रहेको अफगानिस्तानले सबै खेल जित्दै ८ अंक जोडेको छ र आयोजक टोली सिंगापुरको २ अंक छ। छनोटको गणितीय सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ। 

Post a Comment

0 Comments