Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  साउन । बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै पेट्रोलियम पदार्थको खरिद विक्रि ठप्प पारेका छन् । 


नेपाल आयल निगम संचालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसका कारण व्यवसायीले व्यहोर्दै आएको मारलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलित भएका हुन् । निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलिले झण्डै एक बर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन नगरी छानविन समिति नै भंग गरी अर्को समिति गठन गरेपछि व्यवसायी आन्दोलित भएका हुन् । 

उनीहरुले तीन दिन भित्र माग पूरा नभए सबै पेट्रोलियम पदार्थको खरिद विक्री रोक्ने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थको कारोवार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएका कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीको गुनासो छ । सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परिक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको वास्तविकता नस्वीकारी पुन समिति गठन गर्नुले आफुहरुको माग प्रति सरकार गम्भीर नभएको स्पष्ट भएको व्यवसायीको आरोप छ । 

वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाका प्रतिनिधि संग्लग्न छानविन समितिले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए । समितिले १ बर्ष लगाएर तयार पारेको अध्ययन प्रतिवेदनमा भारतीय आयल निगमबाट तेल भर्ने क्रममा, बाटोमा हुने चोरी, तापक्रमका कारण तथा प्राविधिक कारणले इन्धनमा धेरै घाटा देखिएको उल्लेख छ । 

सो प्रतिवेदन कार्यान्वयन गरी निगम संचालक समितिको सोमबारको बैठकले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका एक, नास्टका एक, आयल निगमका १ र २ व्यवसायी रहने गरी नयाँ समिति बनाएपछि व्यवसायी पुन आन्दोलित भएका हुन् ।  भारतीय आयल निगमबाट तेल भर्ने समय देखि राजधानी ल्याउने समय सम्म हुने प्राविधिक घाटाको पुर्ति निगमबाट हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply