काठमाडौँ, साउन ।
बिगत लामो समय देखि जापान बस्दै आएका सुमधुर आवाजका धनि रक गायक सुदिप कुमार
थकालीको बहु प्रतिक्षित पहिलो गीति एल्बम " रकस्टार " को एक भब्य समारोह
बीच काठमाडौँमा बिमोचन गरिएको छ ।
प्रमुख अतिथि बरिष्ट संगीतकार दिपक जंगम तथा
संगीतकार प्रदिम बम्जन संगीता प्रधान तथा संगीतकार राम सिटौला बिसेष उपस्थितमा
सम्पन्न बिमोचन समारोहमा अन्य धेरै नायक नायिका, गायक गायिका,कलाकार तथा पत्रकारहरुको
समेत बाक्लो उपस्थिति रहेको थियो ।बिगत सात बर्ष देखि जापानमा बस्दै आएका रक गायक
सुदिप सानै उमेर देखि गित संगीतका पारखी थिए ।सास्त्रीय संगीत देखि लिएर विभिन्न
विधाका संगीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक
शालीन तथा मिलनसार स्वभाबका छन ।
उक्त एल्बम बिमोचन कार्यक्रममा प्रमुख अतिथि बरिष्ट संगीतकार दिपक
जंगम अन्य अतिथिहरु संगीतकार प्रदिम बम्जन संगीता प्रधान तथा संगीतकार राम सिटौला
ले रक गायक सुदिप कुमार थकालीको पहिलो एल्बम " रकस्टार " को प्रसंसा
गर्दै उनको गित गाउने शैली देखि शब्द छनौट पद्दति सम्म एकदमै राम्रो भएको र जादुमय
स्वर तथा उत्कृष्ट संगीतले सजिएको यस एल्बमले चाडैनै सांगीतिक फाटमा बेग्लै पहिचान
बनाउन सक्ने र नेपाली गित संगीत क्षेत्रमा नया आयाम थप्ने कुरामा बिस्वस्त हुदै
उनको एल्बमको समिक्षा गरेका थिए र सम्पूर्ण उपस्थितहरुले गायक सुदिप कुमार
थकालीलाइ शुभकामना बधाई पनि दिएका थिए ।
"रक्स्टार"
एल्बममा जम्मा सात वटा गीतहरु रहेका छन,जसमा गायक सुदिप कुमार थकाली, गायक उदेश श्रेष्ठ र आशु लामाको शब्द संगीत रहेको छ ।उक्त अबसरमा
रकस्टार एल्बममा रहेको "उडि जाने पन्छी" नामक गीतको म्युजिक भिडियो समेत
लन्च गरिएको थियो जसमा नायिका तथा मोडल सुष्मा कार्की र निरन्जन प्रधानको जोडदार
अभिनय रहेको छ ।उक्त म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन ।
आफ्नो यस पहिलो एल्वमका गीतहरुले दर्शक स्रोताहरुको मन जित्ने
विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले "रकस्टार"’ नेपाली सांगीतिक आकाशमा सफल
एल्बम हुने कुरामा बिस्वासरत छन साथै यो आफ्नो पहिलो एल्बम भएकोले दर्शक तथा
श्रोताहरुले सुनिदिएर, हेरिदिएर
आफ्नो अमुल्य कमेन्ट गरि दिनुहुन पनि आग्रह गरेका छन । आफु जहा
रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गित संगीतलाई माया गर्दै भबिष्यमा
पनि यस्तै श्रोता दर्शकहरुको मन छुने गितहरु लिएर नेपाली संगतिक फाटमा आउने कुरा
उनि बताउछन ।
0 Comments