Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १३ साउन । साउन १२ गते बिहीबार नेपालकै जेठो वीर अस्पतालको १२८ औं वार्षिकोत्सव समारोहको समाचार संकलन गर्न सञ्चारकर्मीलाई बिहानको ठीक १० बजे उपस्थित भईसक्न निमन्त्रणा कार्डमा उल्लेख गरिएको थियो । 

१० बजे पुग्दा वीर अस्पतालको उत्तरतिर महाबौद्धतर्फ जाने सडकको बाँया किनारमा सशस्त्र प्रहरी, जनपद, ट्राफिक प्रहरीका एकदर्जनभन्दा बढी सवारी साधनले सडक ओगटेका थिए । त्यहाँ कुनैपनि गाडी रोक्न नपाइने संकेत लेखिएको उपत्यका ट्राफिक प्रहरीको बोर्ड झुण्ड्याइएको थियो । सडकको दाँयातिरको सडक किनारमा एकलाईन मोटरसाइकल पार्किङ्ग गर्न दिइएको थियो । 

कार्यक्रमको प्रमुख अतिथि रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको समाचार संकलनको लागि त्यहाँ पुगेका राजधानीकर्मी बलराम प्यासीको स्कुटर सवारी ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारसंग मौखिक अनुमति लिई महाबौद्धको मन्दीरको पुर्वतिर अगाडी पार्किङ्ग गरिएको थियो ।

१० बजे आउने भनिएका प्रधानमन्त्री ११ बजे आएर पौने १२ बजे सम्बोधन गरि फर्केलगत्तै रक्षामन्त्री भिमसेनदास प्रधान र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले बोलेपछि कार्यक्रमस्थलबाट निस्केका सञ्चारकर्मी प्यासीले आफुले पार्किङ्ग गरेको स्कुटर पार्किङ्ग स्थलमा पाएनन । आफ्नो स्कुटर नेदेखेपछि तिनै सवारी ड्युटीमा बसेका ट्राफिक प्रहरी हवल्दारलाई सोध्दा काठमाडौं महानगरपालिकाले उठाएर वग्गीखानामा लगेको जानकारी दिए । 

वग्गीखानामा पुगेपछि ‘अनाधिकृत पार्किङ्ग गरेको’ भन्दै एकहजार रुपैयाँ जरीवना तिराइयो । प्रधानमन्त्रीको समाचार संकलन गर्न गएकोले स्कुटर त्यहाँ पार्किङ्ग गरिएको र आफु सञ्चारकर्मी भएको बताउँदा पनि कुनै सुनुवाई भएन । 

प्रधानमन्त्रीको सुरक्षामा र उनको अगाडि चाप्लुसी गरी अनुहार देखाउन खटिएका प्रहरी र सशस्त्र प्रहरीले ‘नो पार्किङ्ग’ लेखिएको क्षेत्रमा लस्करै एकदर्जन गाडी २ घण्टासम्म रोक्दा जरीवना नलाग्ने तर तिनै प्रधानमन्त्रीको समाचार संकलनका लागि गएका सञ्चारकर्मी जसले सर्वसाधारणलाई कुनै अवरोध नहुने गरि पार्किङ्ग गरेको स्कुटरको एकहजार जरिवना तिर्नुपर्ने ? महानगरपालिकाको गजवको ठगीधन्दा । अस्पतालले पत्रकार बोलाउने, महानगरपालिकाले जरीवना तिराउने ?

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply