Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडाैं, ९ साउन ।  राजधानीका अधिकाँश कलेजले विद्यार्थीहरुलाई मोवाइल नल्याउनु भनेको अहिलेदेखि हैन । तर विद्यार्थीहरुले मोवाइल बोकेर नआएको त कमै सुनिन्छ । कलेजहरुले विद्यार्थीको झोला र पकेट खानतलासी गरेता पनि विद्यार्थीहरु कलेज प्रशासनभन्दा एक कदम अगाडि बढेर मोवाइल साइलेण्टमा या भाइब्रेशनमा राखेर भएपनि बोक्न भने छोडेका छैनन । 


तैपनि हरेक कलेजले नयाँ सत्रमा कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई पढ्न आउँदा ‘मोवाइल नल्याउनु’ भन्न चाँहि छोडेका छैनन् । कलेजहरुले छात्राहरुलाई छोटो मिनीस्कर्ट पनि नलाउनु भनेको पनि धेरै भयो । 

तैपनि मिनीस्कर्ट नै कलेज पोशाक भएको कलेजमा छात्राहरुले कलेजभित्र प्रवेश गर्दा मिनीस्कर्टलाई घुँडासम्म आउनेगरि लामो पारेतापनि कलेजबाट बाहिर निस्किने बेलामा भने त्यहि मिनीस्कर्ट कम्मरमा दोब्र्याएर छोटो पार्न भने छोडेका छैनन् । यस्तो अवस्थामा राजधानीका धेरै कलेजहरुले त छात्राहरुका लागि मिनीस्कर्टलाई हटाएर पाइन्टलाई कलेज पोशाक बनाइसकेका छन्  । 

कलेजको शौचालयमा लुकीलुकी खैनी, सुर्ती र पानपराग सेवन गर्ने अनि कलेज बाहिरका चिया पसलमा कलेज पोशाकमै फुङ्फुङ् चुरोटको धुँवा उडाउने त्यस्ता विद्यार्थीलाई भने कुनैपनि कलेजले नियन्त्रण गर्न सकेको पाइँदैन । 

यस्तो अवस्थामा मध्यपुर ठिमीको सिबर्ड इन्टरनेशनल कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई नगरकोटको एउटा होटलमा लगेर स्वागत गर्दै कलेजमा कसैले लुकिछिपी खैनी, सुर्ती र पानपराग सेवन गरेको पाइएमा त्यस्ता विद्यार्थीलाई तत्कालै कलेजबाट निश्कासन गर्ने कडा नियम सुनाएकोे छ । 

वरिष्ठ पत्रकार समेत रहेका सिबर्ड इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत ज्ञानराम श्रेष्ठले भने ‘कलेजमा विद्यार्थीहरु राम्रो कुरा सिक्न र ज्ञान लिन आउने हो, साथीको संगतमा लागेर खैनी, सुर्ती र पानपराग सेवन गर्न र ध्रुमपानको लत बसाल्न हैन ।’ 

कलेज नजिकका चिया पसलहरुमा पनि आफ्नो कलेजका विद्यार्थीहरु कुनै कुलतमा फसेका छन छैनन, बेलाबेलामा छड्के चेकजाँच गरेर दोषि भेटिए कारवाही गरिने पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

कलेजको ब्यवस्थापन संकायका सहायक संयोजक ताराप्रसाद अधिकारीले कलेजको नीति नियम बताउँदै कलेज परिसरमा खैनी, सुर्ती, पानपराग, चुरोट, मोबाइल, मदिरा, ल्याउन निषेध भएको बताए ।

कलेज ब्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण मानन्धरले कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरिय एवं ब्यवहारिक शिक्षा प्रदान गर्दै १६ वर्षको अवधिमा ठुलो संख्यामा दक्ष जनशक्ति तयार गरिसकेको बताए । 

२०५७ सालमा स्थापना भएको कलेजद्वारा आयोजित समारोहमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कलेजका प्राचार्य सुरेन्द्रविक्रम प्रजापति, ब्यवस्थापन समितिका अध्यक्ष मानन्धर, शिक्षक र १२ कक्षाका विद्यार्थीहरुले स्वागत गरेका थिए ।  

कार्यक्रममा कलेजका प्राचार्य सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरुलाई समयको महत्व बुझेर अध्ययनलाई प्राथमिकता दिनुपर्ने बताँए । उनले सामुदायीक विद्यालयबाट एसएलसी परीक्ष्ााँ उतिर्ण गरी सिबर्ड कलेजबाट  सर्वाेत्कृष्ट अंक ल्याएर एमबिबिएसको छात्रवृत्तिमा नाम निकाल्न सफल छात्रा संगीता प्रजापतिलाई बधार्ई दिए । 

कलेज संचालन समितिका निर्वतमान अध्यक्ष शिवकृष्ण श्रेष्ठ, कलेज संचालक समितिका सदस्य एवं विज्ञान संकायका निर्देशक विजयचरण श्रेष्ठले बोलेका थिए ।

कार्यक्रममा कलेजका भिजिटिङ्ग लेक्चरर डा.प्रकाश श्रेष्ठलाई विद्यावारिधि ( गरेको र बालगोपाल साहुखललाई खेलकूद क्षेत्रमा योगदान पुरयाएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply