Ticker

6/recent/ticker-posts

पेन्सनपछिको समय पोर्नाेग्राफिमा !

काठमाडौं । धेरैले सोच्दा हुन, उमेरको हदका कारण ५८ या ६० वर्षको उमेरमा सरकारी सेवाबाट निवृत्त अर्थात पेन्सन भएपछि पुर्व कर्मचारीहरुले आफ्नो जीवन सामाजिक काममा लगाउलान् । 

तर त्यो सोचाई गलत पाइएको छ । कर्मचारी जीवनमै त जनतालाई सेवा दिनुको साटो अनेकौ दुःख र झमेला दिँदै आर्थिक लाभ लिने त्यस्ता सरकारी कर्मचारीहरु जब सेवा निवृत्त भएपछि एक्लिन्छन तब उनीहरुलाई पेन्सनपछिको जीन्दगी कसरी बिताउने भन्ने समस्या आइलाग्छ । 

अपवादका रुपमा केही पुर्व कर्मचारीहरु सामाजिक कार्यमा संलग्न भएको र केही नीजि कम्पनीमा सेवा गर्ने गरेको भेटिएतापनि केही विदेश जाने या केही घरमै सीमित भएको भेटिएको छ ।

आफ्नो सेवा अवधिमा आफुलाई नै सर्वेसर्वा ठान्ने र सर्वसाधारण सेवाग्राही या छिमेकीलाई पटक्कै नगन्ने त्यस्ता कर्मचारीमध्ये कतिले त सेवानिवृत्त भएपछि कसैले पनि नगन्दा आत्महत्यासम्म गर्न वाध्य भएका घटना सुन्दै आएका छौं ।

जो पुर्व कर्मचारीहरु शारिरीक रुपमा काम गर्न असमर्थ छन या समाजमा घुलमिल गर्न चाहँदैनन र सक्दैनन तिनीहरुको दैनिकी के गरेर बित्ला भनी अनुमान गर्न भने सजिलो छैन । कार्यालय समयमै पनि र्फुदमा सामाजिक सञ्जाल फेसबुक हेर्नु र गेम खेलेर समय वर्वाद गर्दै आएका कर्मचारीहरु सेवानिवृत्त भएपछि पनि कम्प्युटर या ल्यापटपमा अल्झिन भने छोडेका छैनन । 

पछिल्लो समयमा यस्ता पुर्व कर्मचारीहरु आफ्नो समय सामाजिक सञ्जाल र अश्लिल चलचित्र (पोर्नाेग्राफि) हेरेर आफ्नो समय बिताउने गरेको पाइएको छ । उनीहरु यस्ता चलचित्र ट्याब र ल्यापटपमा बढी हेर्ने गरेको पाइएको हो । ‘डेस्कटपमा कमै हेर्छन’— विगत लामो समयदेखि ल्यापटप मर्मत गर्दै आएका कम्प्युटर इन्जिनियर साजन रेग्मी भन्छन । उनी आवद्ध कम्प्युटर मर्मत केन्द्रमा पछिल्लो पटक आएको एउटा ट्याब   (ल्यापटपजस्तै) त पोर्नाेग्राफि हेर्दा हेर्दा पुरै भाइरसले सखापै पारेको कारण बन्नै नसक्ने गरि हार्डवेयर नै विग्रेको उनी बताउँछन । ट्याब बनाउन ल्याएका ट्याबधनीसंग अप्रत्यक्ष कुरा गर्दा त उनी ८० वर्षिय पुर्व प्रमुख जिल्ला अधिकारी रहेको र उनले दिनैपिच्छै पार्नाेग्राफि हेर्ने गरेको पाइयो इन्जिनियर रेग्मीले भने । 

कम्प्युटर, ल्यापटप, ट्याब र्मत गर्दै आएका रेग्मीका लागि त्यो एउटा ट्याब त नमुना मात्रै हो । उनीकहाँ दैनिक ४ देखि ५ वटा बनाउन ल्याउने यस्ता ल्यापटप र ट्याव बिग्रिनुको मुख्य कारण चाँहि पोर्नाेग्राफिका धेरै साइट एकैचोटी खोलेर ह्याङ्ग हुनु नै भएको उनी बताउँछन । बनाउन ल्याएका ट्याब र ल्यापटप धेरैजसो ६० वर्षे कटेका बुढाहरुले चलाउने गरेको पाइन्छ, उनी भन्छन । 

‘कहिलेकाँही त नजानिँदो पारामा पनि ल्यापटपमा पोर्नाेग्राफिका साइटहरु खुल्छन र नचाँहदा नचाँहदै पनि हेर्ने गरेर बानी बसेको पाइएको छ ।’—रेग्मी भन्छन । उनको ल्यापटप मर्मत केन्द्रमा मात्रैहैन पुतलीसडक, वागबजार, न्युरोड, पाटनलगायतका क्षेत्रका ल्यापटप मर्मत केन्द्र र आइफोन मर्मत गर्न ल्याएका अधिकाँश मर्मत केन्द्रमा पोर्नाेग्राफिकै कारण विग्रेर बनाउन ल्याएको पाइन्छ । 

यदाकदा बाहिरी साँचो (कि)र अरु विग्रिएिको पाइएता पनि हार्डवेयर र सफ्टवेयर विग्रिने मुल कारण भने पोर्नाेग्राफि साइट भएको पाइएको इन्जिनियर रेग्मी बताउँछन । रेग्मीका अनुसार यस्ता पोर्नाेग्राफि धेरैजसो ६० कटेकाहरु र कलेज पढ्ने गरेका युवायुवतीले बढी हेर्ने गरेको पाइएको छ ।

Post a Comment

0 Comments