Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नेपालका लागि विजयी लक्ष्य ९० रन 
काठमाडौं,  साउन । सिंगापुरमा जारी आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको पाँचौ खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ८९ रन जोड्दै ३५।१ ओभरमै अलआउट भएको हो ।

खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटका लागि कप्तान विरानदिप सिंह र साएद अजिज मुबारकले ५८ रनको साझेदारी गरे। नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै ४६ रनमा खेलिरहेका मुबारकलाई कट बिहाईन्ड गराएका थिए। ६६ बल खेलेका मुबारकले ७ चौका र १ छक्का प्रहार गरे। सन्दिपले आफ्नो दोश्रो ओभरमा कप्तान विरानदिपको पनि विकेट लिंदै मलेसियालाई थप संकटमा पारेका थिए।

त्यसपछि नियमित विकेट गुमाएको मलेसियाको लागि कसैले उल्लेख्य रन जोड्न सकेनन्। मलेसियाका ४ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्केका थिए। नेपालका लागि कप्तान सन्दिप लामिछानेले ७ विकेट लिएका थिए भने साहब आलमले २ विकेट लिए। प्रतियोगितामा पहिलो खेल खेलिरहेका रिजन ढकालले पनि १ विकेट लिन सफल रहे।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply